दमौली/नेपाल शिक्षक संघ तनहुँले विज्ञप्ति मार्फत शिक्षा समन्वय इकाई रमाकान्त शर्माको असोज २० प्रकाशित फेसबुक स्टासप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्तिक दुई गते अध्यक्ष कमलभक्त पोखरेल र सचिव पदमराज खनालद्वारा जारी विज्ञप्ति अनुसार संघको कार्य व्यवस्थापन समितिको असोज ३० गते बसेको बैठकले शिक्षकहरुको सरुवामा आर्थिक चलखेल भएको भन्ने आरोपप्रति संघको नेतृत्वलाई कुनै जानकारी नभएको जनाएको छ । कुनै व्यक्ति विशेषबाट गैरकानुनी तरिकाले आर्थिक लेनदेन गरेको वा अन्य अवाञ्छित क्रियाकलाप गरेको भए सो को प्रमाण संघमा पेश गर्न विज्ञप्ति मार्फत संघले ध्यानाकर्षण गराएको छ । पुष्टि हुन नसकेका प्रमाण विहिन त्यस्ता लाञ्छनायुक्त समाचारप्रति संघले घोर भ्रत्सना गरेको छ ।
शिक्षक संघको ध्यानाकर्षण
previous post