व्यास नगरपालिका
ँ दमौली/व्यास नगरपालिका स्थापनाको २९ वर्ष पूरा भएको अवसरमा नपाले चैत्र ३० गते विशेष कार्यक्रम आयोजना सम्पन्न गरको छ ।
नगर प्रमखु वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नपा परिसरमा आयोजित कार्यक्रमको उद्घाटन पूर्व वनमन्त्री शंकर भण्डारीले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले सानो र जिर्ण भवनबाट ३ दशक अगाडि सेवा प्रारम्भ गरेको नगरपालिकाको अहिले आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवन हुनु खुसीको कुरा भएको बताए ।
२०४८ चैत्रमा साविकको दमौली गाविस र स्याम्घा गाविसका केही भाग मिसाएर व्यास नगरपालिकाको घोषणा गरिएको थियो । २९ स्थापना दिवसको अवसर पारेर प्रथम नगरपिता ताराप्रसाद श्रेष्ठले विगतलाई सम्झिए । २०४९ को पहिलो स्थानीय निर्वाचनबाट मेयर बनेका उनीसंग कसरी सञ्चालन गर्ने भन्ने ज्ञानको कमि थियो तर इच्छाशक्ति भएकाले केही सम्झन लायक काम गरको उनले बताए ।
कार्यक्रममा नपाका दास्रो मेयर धु्रव वाग्ले पनि उपस्थित थिए । दमौली बजारलाई नमुना बजार बनाउने श्रेय पाउने गरेका वाग्लेको पालमा( २०५४–२०५९) हालको स्थानमा नपा भवन स्थानान्तरण भएको हो । नपा भवन जिल्ला कृषि विकास कार्यालयसंगको सहमतिमा स्थानान्तरण गर्दाका मेहनत उनले उपस्थितलाई सुनाए ।
अहिले व्यास नपा“ विविधतायुक्त गाउँ–शहर, समृद्ध मेरो व्यास नगर” भन्ने नाराका साथ नगरको सामाजिक, आर्थिक, शैक्षिक, धार्मीक, पर्यटकिय लगाएत क्षेत्रको विकासमा लागि परेको छ र नेतृत्वमा छन्, बैकुण्ठ न्यौपाने । कार्यक्रममा बोल्दे उनले भने हामी नगरको पर्यटन, शिक्षा, कृषि जस्ता क्षेत्रको विकासमा दत्तचित्त भएर लागि परेका छौं ।
व्यास नगरपालिकाको इतिहास, वर्तमान र भविष्य समेटेर तयार पारिएको पुस्तक“ व्यास नगर दर्पण”को विमोचन गरिएको समारोहमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, गण्डकी प्रदेश सांसद दोबाटे विक तथा सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगाएतका बक्ताहरुले व्यासको गौरवशाली ईतिहासलाई जोगाउँदै आगामी दिनमा नागरिकका अपेक्षा अनुकुलका काम गर्न शुभकामना दिएका थिए ।