राम्जाकोट/निर्वाह मुखी खेती गर्दै आएका ऋषिङ–५ का किसान विस्तारै व्यवसायिक खेती तर्फ आकर्षित हुँदै आएका छन् ।
वडा नं ५ का वडासदस्य समेत रहेका रामचन्द्र पोखरेलले केही वर्षदेखि व्यवसायिक रुपमा गोलभेँडा खेती गर्दै आएका छन् । घर नजिकैको झण्डै आधा रोपनी जमिनमा गोलभेंडा खेती गर्दै आएका पोखरेलले गएको एक सिजनमा २० हजार रुपैयाँ बराबरको गोलभेंडा उत्पादन गरे । श्रमिकको ज्याला, मल, बिऊ आदिको मूल्य कटाएर पनि राम्रै फाईदा लिएको बताउने पोखरेल कृषि कर्मबाट पनि राम्रै कमाइ गर्न सकिने निष्कर्षमा पुगेर गोलभेंडा खेती तर्फ लागेको बताउँछन् ।
हिउँद याममा गोलभेंडा उत्पादन गर्नसक्दा रामै्र फाईदा हुने बुझेर सोही वडाका पविन थापाले पनि यसपटकबाट वर्षाै देखि बाँझो रहेको आफ्नो जग्गामा गोलभेंडा , काउली, बन्दा, ब्रोकाउली तथा प्याज खेली प्रारम्भ गरको छन् । अहिले झण्डै २ रोपनी जमिनमा तरकारी तथा गोलभेंडा खेती गरको थापा जमिन भाडामा लिएर भएपनि विस्तार गर्ने र ५÷७ रोपनी जग्गामा खेती गर्ने विचारमा छन् । यसैगरी विगत केही वर्षदेखि खुर्सानी लगाएतको व्यवसायिक खेती गर्दै आएका यामबहादुर आलेले यसपटक सहास नेपालको सहयोगमा गोलभेंडा खेती प्रारम्भ गरेका छन् । थोरै जमिनबाट गोलभेंडा खेती थालेका आले राम्रै आम्दानी भएमा आगामी दिनमा पनि तरकारी खेती गर्ने सोचमा छन् ।
सोही वडाका टुकबहादुर पुलामी पनि परम्परागत बाली भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने बुझेर यहि वर्षबाट तरकारी खेती तर्फ लागेका छन् । पुलामी भन्छन्, बजारको व्यवस्था हुनसके ढुक्क भएर उत्पादन गर्न सकिन्थ्यो । यसमा स्थानीय सरकारको सहयोगको अपेक्षा आफुहरुको रहेको पुलामीको भनाई रहेको छ ।
व्यवसायिक बन्दै राम्जाकोटका किसान
previous post