पाटन/वेनीपाटन टोल विकास संस्थाको हालै सम्पन्न आठौ अधिवेशनले परशुराम गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
संस्थाको गत साउन १७ गते सम्पन्न अधिवेशनले परशुराम गिरीको अध्यक्षतामा ११ सदस्यीय आगामी दुई बर्षको लागि नयाँ कार्यसमितिको चयन गरेको छ । सो समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः रावण श्रेष्ठ, खगेन्द्र सुवेदी, सुशिला थापा उनीमायाँ थापा चयन भएका छन् । सदस्यहरुमा राममायाँ प्रधान, कमल प्रधान, सरस्वती रानाभाट, सोनी श्रेष्ठ, अमर थापा र कष्ण पुन रहेका छन् । सो समितिको सल्लाहकार समितिमा कलापनु, सन्तकुमार श्रेष्ठ, नारायण गिरी, बलबहादुर थापा, हेम पौडेल, प्रेमबहादुर पुन र क्या. हरिबहादुर थापालाई चयन गरिएको छ ।
प्रमुख अतिथिको सम्बोधनको क्रममा व्यास नगरपालिका वडा नं. ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले परासर आधारभूत विद्यालयलाईको वातावरणलाई तनहुँ हाईड्रोपावरको सडकले असान्त पारेको तर्फ संकेत गर्र्दै व्यास नगरपालिकाको नगर सभाबाट विद्यालयको भवन स्थानान्तरणको योजना स्वीकृत गराउने प्रतिबद्धता जाहेर गर्नु भयो । अध्यक्ष श्रेष्ठले पाटनबाट मानुङ सिडी बाटो निर्माण थप १० लाख छु्ट्टयाउने घोषणा गर्नुभयो । नारायण गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष नवराज गिरीले स्वागत गर्नुभएको थियो ।