दमौली/“वन्चित समूहका लागि प्राथमिक उपचार” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी तनहूं जिल्ला शाखाको आयोजनामा ०७६ भाद्र २८ गते शनिवार शाखाका पदाधिकारी तथा सदस्य, उपशाखाका स्वंसेवक, शिक्षक नायक र कर्मचारीलाई १ दिने प्राथमिक उपचार सम्वन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
फरक क्षमता भएका व्यक्तिहरु,अशक्तहरु पिछडिएकाहरु,दृन्द्ध तथा हिंसावाट प्रभावित समूह वालवालिका तथा विभिन्न हिसावले पिडादायिक जिवन निर्वाह गर्न वाध्य हुनु तर ति व्यक्तिहरु विभिन्न हिसावले कमजोर भएता पनि आपतकालिन समयमा उनीहरुले पनि जीवन रक्षा र आफ्नो ज्ञान सिप प्रयोग गरी घाइते तथा विरामीको सेवा गर्न सक्छन् भन्ने उद्धेश्यका साथ संचालन गरिएको उक्त अभिमुखिकरण कार्यक्रममा सभापतित्व गर्दै नेपाल रेडक्रस सोसाइटी तनहूं शाखाका सभापति कृष्णहरि वाग्ले रेडक्रस एक आपतकालिन तथा द्वन्द्वको समयमा घाइतेहरुलाई उद्धार तथा सहयोग गर्ने हेतुले स्थापना गरी प्राथमिक उपचार सेवावाट शुरु भएकोले यसको आफ्नै महत्व भएको कुरा बताए ।
जिल्ला भरका १८ जना प्राथमिक उपचार स्वंसेवक तथा शिक्षकनायकहरुसहभागिता रहेको उक्त अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय प्राथमिक उपचार प्रशिक्षक कृष्णचन्द्र पाण्डे तथा रामदत्त पौडेलले सहजीकरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीको अभिन्न अंगको रुपमा रहेको नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलहरुमा दुई दिने आधारभूत प्राथमिक उपचार तालिम संचालन गर्न आवश्क महशुष गरिएकोले निकट भविश्यमा स्थानिय निकायहरु संग समन्वय गरी कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको नेरेसो तनहुँले जनाएको छ ।A