नेपाली काँग्रेसका पार्टीमा पार्टीको सिद्धान्त विपरित काँग्रेस नेता तथा कार्यकर्ताहरुलाई पार्टीबाट निलम्बन गर्ने कुरा परम परादेखिनै चलि आएको हो । प्रधानमन्त्री मातृका प्रसाद कोईरालाले नेपाली काँग्रेसको सिद्धान्त विपरित काम गरेकाले आफ्नै भाई विश्वेश्वरप्रसाद कोईरालाले पार्टीबाट निलम्बन गराई दिनु भएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोईरालाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गराई दिनुभएको थियो ,। प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति गिरिजाप्रसाद कोईरालालाई अविश्वासको प्रस्ताव राखेर नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी खोलेका थिए । २०४८ सालको आमनिर्वाचनमा गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउन नाना प्रकारका हतकडी अपनाएर हराएका थिए । आफ्नै पार्टीका नेता कृष्णप्रसाद भट्टराईलाई हराएउँदा पनि पाएको बहुमतबाट प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोईराला भए । तर पनि कृष्णप्रसाद भट्टराईलाई प्रत्यक्ष वा परोक्ष रुपमा हराउने कार्यमा सम्लग्न २१ जना नेता कार्यकर्तालाई पार्टीबाट निलम्बन गरी कारवाही गरी पाउँ भनि पार्टी कार्यालयमा बहुसंख्यक नेता तथा कार्यकर्ताको उजुरी परेको थियो । प्रधानमन्त्री बनिसकेका कृष्णप्रसाद भट्टराईको पृथ्वीमा एक आना जग्गा पनि आफ्नो नाउँमा छैन । त्यतिमात्र कहाँ हो र । जिवनमा चाहँदा चाहदै पनि जिवन साथी पनि संग्रह गर्न नभ्याएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अत्यधिक साथीभाईहरुले कारवाही गराई पाउँ भनि अनुरोध गर्दा पनि म एउटा व्यक्तिले चुनाव हारेर के हुन्छ र ! साथै साथीभाईहरुलाई कारवाही गर्दा पार्टी फुट्न सक्छ । पार्टी फुट्यो भने नेपाली काँग्रेस समाप्त हुन्छ भनेर सबै साथीभाईहरुलाई आममाफी दिनुभएको थियो । प्रजातन्त्र पुनस्थापनाको लागि २०४६ सालको जनआन्दोलनमा सहभागि भएका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई पञ्चायतका मण्डलेहरुले कुटपिट गरेर दमन गरेकाहरुलाई नेपाली काँग्रेसका नेताहरुले पार्टीका पुराना एवं कार्यकर्ताहरुलाई पाखा लगाएर नयाँ प्रवेशीहरुलाई विशेष ग्राह्यता दिंदै आउनु भएको छ । २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि पनि गोर्खा परिषदका नेता भरत शम्सेरले मलाई नेपाली काँग्रेसको सदस्य बनाई दिनुहोस् भनेर गणेशमान सिंहसंग अनुरोध गर्दा गणेशमान सिंहले तपाईलाई अहिले नै नेपाली काँग्रेसको सदस्य दिन मिल्दैन । बरु तपाईले नेपाली काँग्रेसलाई सहयोग गर्न सक्नु हुन्छ भनेर भन्नु भएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सहमहान्त्री समेत भैसकेका नेता गोविन्दराज जोशी समेत केही नेता तथा कार्यकर्ताहरुलाई चुनावमा अन्तरघात गरेको भनि पार्टीबाट निष्काशान गराई दिनु भयो ।
२०३६ सालको जनमतसंग्रहमा पञ्चायती व्यवस्था टिकाउनका लागि सक्रिय भूमिका निर्वाह गरेका सूर्यबहादुर थापाको छोरा सुनिलबहादुर थापालाई नेपाली काँग्रेसमा प्रवेश त गराउनु भयो । आफ्नै गुटउपगुटका साथीहरुले विरोध गर्दा गर्दै नेपाली काँग्रेसको सहमहामन्त्री नै बनाई दिनु भयो । काँग्रेसमा त्याग, समर्पण र योगदान पु¥याएर संगठन गर्नेहरु मध्येबाट सहमहामन्त्री बनाउने योग्यताको कार्यकर्ता नै नभएझै गर्नुभयो ।
नेपाली काँग्रेसको जनजागरणले काँग्रेसमा एउटा उत्साह उमंगताका साथ एकताबद्ध हुने बाटो पहिल्याछ कि भन्ने शुभचिन्तकहरुले आशा राखेका थिए । पार्टी एकताको सट्टा केन्द्रदेखि वडा इकाईसम्म गुटउपगुटलाई मलजल गर्ने काम मात्र भएको जस्तो देखिन्छ । भैराखेको क्रियाशिल सदस्यमा पचासप्रतिशत बृद्धि गरी नयाँ क्रियाशिल सदस्य थप गर्ने भन्ने थियो भने केही समयपछि सतप्रतिसत सदस्य बनाउने भन्ने भयो । क्रियाशिल सदस्य नविकरण गराउने र नयाँहरुलाई फारम वितरण गराउनेहरुले आफ्ना मान्छेहरु सबैलाई पैसा पनि हालिदिने गरी सदस्य वितरण फारम भराउने काम भएको बुझिन आएको छ । यो सबै गुट उपगुट कै कारण हो ।
नेताहरुले आफूलाई मन नपरेका सदस्यहरुलाई पार्टीबाट निलम्बन गर्न नियम कानुनले नछिक्ने रहेछ भने सदस्यहरुले पार्टीका नेताहरुलाई महाधिवेशनमा पराजित गराउने बाहेक अर्को विकल्प देखिदैन ।
सबैभन्दा पुराने नेपालमा विभिन्न कालखण्डमा अग्रिम नेतृत्वदायी भूमिका निर्वाह गरेर आएको नेपाली काँग्रेसलाई कसैले नकार्न सकिदैन । तीन चार पटक प्रधानमन्त्री बनि सक्नु भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र अख्तियारमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भागबण्डा खोज्दै हुनुहुन्छ । नपाएको झोंकमा विरोध गरेको जस्तो पनि देखाउनु हुन्छ । भागवण्डा पाईहाले समर्थन जनाई हाल्नु हुन्छ । यो त ‘जात फाल्ने गहतको झोलमा’ भने जस्तो भएन र ’
विना एकताको काँग्रेस
previous post