संसारका अधिकांश देशका नागरिकको घरको क्यालेण्डर फेरिएको छ । लगभग संसारका सबैले स्वीकारेको समय गणना इस्वी सन्को वर्ष २०२१ भोलीबाट प्रारम्भ हुने भएको छ । वर्ष २०२० को विदाई र २०२१ को स्वागतमा संसारभर उत्सव मनाइने छ । नयाँ वर्षको प्रारम्भमा अघिल्लो वर्ष गर्न नसकेका कामहरु यस वर्ष गर्ने प्रतिवद्धताहरु जनाईने छ । नराम्रो काममा संलग्नहरुले त्यसमा आफ्नो संलग्नता त्याग्ने र राम्रा काम तर्फ लाग्ने कसम खाने छन् ।
वर्ष २०२० ले वास्तवमा मानव सभ्यताका लागि चुनौति लिएर आएको रहेछ । यो वर्षको प्रारम्भ हुनै लाग्दा देखापरको कोभिड–१९ ले वर्ष २०२० लाई चुनौति पूर्ण बनाएर छाडेको थियो । कोभिड–१९ ले लाखौं मानिको ज्यान लियो भने करोडको संख्यामा मानिस संक्रमित भए । तर सुखद कुरा के पनि रह्यो भने यहि एक वर्षको अवधिमा कोभिड विरुद्धको खोप पनि तयार भयो ।
वर्ष २०२० ले अमेरिकाका सनकी शासक डोनाल्ड ट्रम्प युगको अन्त्यपनि ग¥यो । नेपालका लागि यो वर्ष उत्साह र निराशा दुबैको मिश्रित वर्ष रह्यो । जेठ अन्तिम साता नेपालको संसदले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मिलित भूभाग समेटेर प्रकाशित नेपालको नक्सालाई संविधानमा समावेश गरेपछि देशभर उत्साह छायो । तर कोभिडङ १९ विरुद्ध लड्न चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारले आम नेपालीमा सरकार माथिको भरोसा नै टुटाइदियो । सरकार प्रमुखका भ्रष्टाचार संरक्षण गर्ने खालका अभिव्यक्तिले बचेखुचेको भरोषा पनि टुटायो ।
वर्षको अन्त्यमा संविधानको मर्म विपरित भएको संसदको विघटनले नेपाली नागरिकको स्थिरताले विकास र समृद्धि ल्याउने विश्वासलाई भ्रममा रुपान्तरित गरको छ । निर्वाचनको मिति त तोकिएको छ तर सरकारका काम कारवाही हेर्दा उ बैशाखमा चुनाव गराउन तयार छैन भन्ने देखिएको छ । यस्तो बेला संविधान र लोकतन्त्रको रक्षाका लागि आ–आफ्नो ठाउँबाट हरेका नागरिकले पहल गर्नु आवश्यक भएको छ । वर्ष २०२१ ले देशको राजनीतिलाई सकारात्मकता तर्फ लैजाओस्, वर्ष प्रवेशको अवसरमा यहि शुभ कामना ।
वर्ष २०२१ लाई स्वागत सम्पादकीय
previous post