दमौली/लागू पदार्थको दुव्र्यसनबाट बच्न र बचाउन सरोकारावाला व्यक्ति, अभिभावक र जिम्मेवार संस्थाहरुलाई विषय विज्ञहरुले सुझाव दिएका छन् ।
श्रृजनशील युवा मञ्च तनहुँद्वारा लागूपदार्थको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार आयोजित लागू औषध समस्या र समाधान विषयक भर्चुअल अन्तरक्रियाका प्रमुखवक्ता मानसिक स्वास्थ्य विशेषज्ञ डा. सु्शील कँडेलले अभिभावकले आफ्ना बालबच्चाको स–साना कुरामा विशेष ध्यान दिएर साथी बन्ने हो भने धेरै बालबालिका दुव्र्यसनमा फस्नबाट जोगाउन सकिने धारणा राख्नुभयो ।
अहिले लागूऔषध प्रयोगकर्तालाई पक्रने तर त्यो बाटोमा जानबाट रोक्ने तर्फ सरोकारावालाको ध्यान नपुगेको प्रति मनोवैज्ञानिक डा. कडेलले दुःख व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानूनले निषेध गरेको लागूऔषधको अवैध ओसापसार रोक्न प्रतिवद्धता जनाउनुभयो ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाले लागूऔषधमा बालबालिका तथा युवा जाने अवस्था रोक्नु अपरिहार्यता तर्फ औल्याउँदै नगरपालिकाले सचेतनामूलक काममा सघाउने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले लागूऔषध प्रयोगमा दायर मुद्दामा अधिकांश किशोर र युवा रहेको भन्दै यो अवस्था नियन्त्रणका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले लागूऔषध कसूरमा अहिलेसम्म प्रहरीको एक्लो प्रयास रहेको चर्चा गर्दै समाज तथा अभिभावकबाट सहयोगको अपेक्षा राख्नु भयो ।
कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँका उप सभापति एवं अभिभावक संघ नेपाल जिल्ला कार्य समिति तनहुँका अध्यक्ष ऋषिराम पोख्रेल, नवयुवा क्लबका अध्यक्ष सनम तामाङ, मञ्चका कार्यक्रम संयोजक पवन चुमी लगायतले समया समाधानका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मञ्चका अध्यक्ष पवन पौडेलले दिवसका अवसरमा सचेतनमूलक कार्यक्रम भैरहेको जानकारी दिनुभयो । लागूपदार्थको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत मञ्चले व्यास नगर क्षेत्रका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता पनि गर्दैछ ।
लागूपदार्थको दुव्र्यसनबाट विज्ञको सुझाव
previous post