दमौली/कोरोना भाइरस डिजिज–१९ का कारण लामो समयदेखि नियमित विद्यालय जान नपाएका विद्यार्थीहरु कोरोना कहर कम भएसंगै विद्यालय जान थालेका छन् ।
आइतबारबाट काठमाण्डौं उपत्यकाका विद्यालयहरु खुलेका छन् भने तनहुँका अधिकांश विद्यालयहरु खुलेका छन् । व्यास नगरपालिका भित्रका विद्यालयहरु पनि असोजबाट आंशिक सञ्चालनमा रहेकामा माघ, ४ गते आइतबारबाट नियमित रुपमा सञ्चालन भएका छन् ।
तनहुँकै घिरिङ, शुक्ला गण्डकी लगाएतका स्थानीय तहका विद्यालयहरु यस अघिनै नियमित अर्थात १०–४ सञ्चालन भएका भएपनि व्यास नपा भित्रका विद्यालय कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सावधानी अपनाउँदै दैनिक ४ घण्टामात्र सञ्चालनमा थिए । कोभिड संक्रमणको जोखिम कम भएको भन्दै व्यास नगरपालिकाले पालिका भित्रका विद्यालयहरु नियमित सञ्चालन गर्न निर्देश जारी गरेसंगै यहाँका विद्यालयहरु पनि नियमित भएका हुन् ।
यसैबीच कोरोना संक्रमणको जोखिम पुनः देखा परेमा सिकाई निरन्तरताको लागि नेपाल टेलिकमको सियुजी सिम मार्फत पठनपाठनको व्यवस्था मिलाउने विषयमा समेत केही विद्यालयले प्रक्रिया अगाडि बढाएका छन् । सियुजी सीम प्राप्त विद्यार्थीका लागि ग्रुपमा संलग्न व्यक्तिहरुबीच असिमित कल सुुविधा रहने व्यवस्थाका अतिरिक्त पाठ्य सामग्री हेर्न मिल्ने डाटा समेत विद्यार्थीले पाउने छन् । सीयुजी(क्लोज युजर ग्रुप) सिम विद्यार्थीले निःशुल्क पाउने छन् । असिमित निःशुल्क कल र डाटाको लागि आवश्यक पर्ने शुल्क भने नेपाल सरकारले स्थानीय सरकार मार्फत व्यहोर्ने छ । यो शुल्क मासिक एकसय २९ रुपैयाँ हुनेछ । यसका लागि आवश्यक रकमा स्थानीय सरकारहरुलाई पठाईसकिएको सरकारले जनाएको छ ।
लयमा फर्किए विद्यालय
previous post