दमौली/रोटरी क्लब अफ दमौलीले मंगलबार विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पारेर क्लबले व्यास नगरपालिका– १३ तिवारी भञ्ज्याङ स्थित सितला प्रा.वि.का विपन्न पारिवारका बालबालिकालाई शैक्षिक सामाग्री, पोशाक र खाजा समेत हस्तान्तरण गरेको थियो । पोशाक तथा शैक्षिक सामाग्रीमा ट्याक–सुट, जुत्ता, मोजा लगायतका विद्यालय पोशाक, व्याग, कापी, कलम लगायतका शैक्षिक सामग्रीका साथै खाजा पनि रहेको रोटरी क्लब अफ दमौलीका सचिव बिना कैनीले बताउनु भयो ।
विद्यालयमा अध्ययनरत जम्मा १८ जना आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले सहयोग सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताउनु भयो । सदरमुकामको नजिकै भएर पनि बत्तिमुनीको अँध्यारो जस्तै अनुभूति दिलाउने उक्त विद्यालयको नाजुक अवस्थालाई मध्यनजर गर्दै रोटरीले सहयोग निरन्तर जारी राख्ने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष एवम् संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, पुर्व अध्यक्ष हरि सिं गुरुङ, वडा सदस्य एकराज तिवारी, विद्यालयका प्रधानाध्यापक गजेन्द्रराज पन्त र सचिव बीना कैनी लगायतले रोटरी क्लबले सेप्टेम्बर महिनाभरी शिक्षा तथा साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु जारी राख्ने र सोही सन्दर्भमा बाल दिवसको मौका पारेर यस विद्यालयमा सहयोग गर्ने बताएका थिए ।
रोटरीद्वारा पोशाक र शैक्षिक सामग्री वितरण
previous post