बागमती प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन विहिबार हुँदैछ । उक्त निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा. खिमलाल देवकोटा उम्मेदबार छन् । केही समय अगाडि एमाले प्रवेश गरेका थापालाई पार्टीका नेता कार्यकर्तासंग सरसल्लाह नै नगरी एमाले संस्थापन पक्षले उम्मेदवार बनाएको हो भने देवकोटा एमाले माधव–झलनाथ तथा कांग्रेस, माओवादी पक्षका उम्मेदबार हुन् । देवकोटालाई माओवादी केन्द्र, नेपाली कांग्रेस तथा जसपाको उपेन्द्र यादव पक्षको समर्थन रहेको छ । आफ्ना पार्टीका उम्मेदवारलाई मतदान गर्न एमालेले औपचारिक पत्र पठाएकाले एमालेका उम्मेदवारलाई मतदान गर्ने राप्रपाका मोहन श्रेष्ठले जानकारी दिए । संघीयता, गणतन्त्रका उपलब्धिहरूलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन माओवादी केन्द्रले आग्रह गरको छ । निर्वाचनमा प्रदेश सभाका सदस्यहरू, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मतदाताका रुपमा रहेने व्यवस्था छ ।
राष्ट्रिय सभा उपनिर्वाचन आज
previous post