दमौली÷वरिष्ठ पत्रकार एवं देश सञ्चार डटकमका सम्पादक किशोर नेपालले राष्ट्रको सम्मान बढेमात्र हामी नागरिकको सम्मान बढ्ने बतएका छन् ।
वरिष्ठ पत्रकार नेपालले सो कुरा तनहुँका पत्रकार प्रदिप काफ्लेद्वारा रचना गरिएको राष्ट्रिय गीतको म्युजिक भिडियोको आइतबार दमौलीमा लोकापर्ण गर्दे बताएका हुन् । उनले लोकापर्ण पछि नेपालको राष्ट्रियता र अबको चुनौति विषयमा आफ्ना धारणा राखेका थिए । राज्यले सुरक्षा, सम्मान र पहिचान दिन्छ भन्ने विश्वास नभए आम नागरिकमा राष्ट्रप्रतिको विश्वासमा कमि आउने र दुर्भाग्यवश अहिले त्यही अवस्था नेपालमा रहेको घिमिरेको कथन छ ।
लोकापर्ण कार्यक्रमका प्रमुख अतिथी घिमिरेले हिंसा र विखण्डनका कुरा आगामी दिनमा स्विकार्य छैन र त्यता प्रवृत्त हुँदैनौ भन्ने कुरा हिँसा र विखण्डनको मार्गबाट सहकार्यमा आएका शक्तिहरुबाट अझै नआएको बताए । यस्तो सूनिश्चितता नहुँदासम्म आम नागरिकमा हिंसा र विखण्डनका कुरा गरेर शक्तिमा आउने सोच रहने र सो कुरा हाम्रो राष्ट्रियताका लागि चुनौति हुने बताए । कार्यक्रममा बोल्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले काफ्लेद्वारा रचित गीत राष्ट्रप्रेमको भावनाले ओतप्रोत भएको उल्लेख गर्दै म्युजिक भिडियोले नेपालीलाई एकताबद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
भारतिय संगित जगतका हस्ति बप्पी लहरीले गाएको “जहाँ रहे नि, जहाँ भए नि हामी एउटै धर्तीका सन्तान” बोलको गीत उनको पहिलो नेपाली गीत हो । बीबी अनुरागीले संगितबद्ध गरेको गीतको म्युजिक भिडियाकोे निर्देशन कलाकार निर्मल शर्माले गरेका हुन् । भिडियोमा गीतकार काफ्लेको पनि अभिनय रहेको छ ।