दमौली/पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी पोखरा खण्डको विस्तारको कामले राजमार्ग छेउका घर भत्काउने काममा ढिलाई हुँदा आवश्यक गति लिन सकेको छैन ।
पुर्वी खण्ड अन्तर्गत दमौली बजारमा घरहरु भत्काउन बाँकी रहँदा कामले आवश्यक गति लिन नसकेको हो । पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी जामुने खण्डको अधिकांश ठाउँमा काम सकिएको भएपनि दमौली बजारमा भने विस्तारको कुनै काम हुन पाएको छैन ।
राजमार्ग विस्तारमा भएको ढिलाईलाई लिएर व्यास नगरपालिकाले चासो राख्दै गत आइतबार दमौलीमा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, दलका प्रतिनिधि, सडक आयोजनाका प्रतिनिधि तथा सरोकारवालाबीच छलफल सम्पन्न गरको छ ।
व्यास नपा वडा नं २, ३ र ४ को बजार क्षेत्रमा विद्युत पोल गाड्ने, नाला निर्माण गर्ने कार्यमा केही घरहरु भत्काउन बाँकी रहेकाले अवरोध भएकोभन्दै उक्त छलफलमा ६ दिनभित्र भत्काई सकिने गरी प्रक्रिया अगाडी बढाउने निर्णय भएको व्यास नपाले जनाएको छ । बैठक भएको भोली शुक्रबार ६ दिन पूरा हुँदैछ ।
बैठकले भत्काउने घरहरको मुआब्जा प्राप्त नभएको गुनासो आएको भन्दै तत्काल मुआब्जा उपलब्ध गराउने तथा घर भत्काई निर्माण सम्पन्न भएका घरहरुको दास्रो किस्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
व्यास नगरपालिकाको आयोजनामा सम्पन्न बैठकले राजमार्ग निर्माणकार्य सम्पन्न नहुँदा नगरमा धुलो लगायतका विभिन्न समस्याले मानिसहरु हिड्डुल गर्न कठिनाइ भई विद्यालय जाने बालबालिका र व्यवसायमा समेत असर परेको ले निर्णय कार्यान्वयन गरी सहयोगका लागि सबैसंग अनुरोध गरेको छ ।
राजमार्ग छेउका घर भोली सम्ममा भत्काइने
previous post