22.6 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

गोठादी, कोखे, च्योलोकमा कोरोना कोभिड १९ सचेतना अभियानमा पुग्यो

ऋषिङ्ग/विदेशमा रहेका व्यक्तिहरु घरपरिवारको साथमा आई बसेको अवस्थामा जनप्रतिनिधिहरुलाई त्रास बढेपछि गाउँ गाउँमा पुगेर सचेतना जगाउने अभियान नै थालिएको छ । विशेष गरी ऋषिङ्ग गाउँपालिकाको वडा नं. ६ र ७ मा मंगलबार नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखा, ऋषिङ्ग स्वास्थ्य चौकी, जनप्रतिनिधिहरुको संयुक्त टिमले गाउँ गाउँमा पुगेर कोरोनाको बारेमा सचेतना दिलाउनको साथै सान्त्वना प्रदान गरेको उपशाखा सभापति इन्द्रबहादुर आलेले बताउनु भयो ।
सचेतना समूहले वडा नं. ६ को गोठादीमा भारतबाट आएका एक जना र दुवईबाट आएका एक जनालाई भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको थियो । त्यसैगरी वडा नं. ७ को कोखे र च्योलेकमा पुगेर विदेशबाट आएका तीन जनालाई भेटी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिएको थियो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट जोगिन आफै सजग भएमा सकिने, यसको उपचार नभएको हुँदा सजग भै भाईरस सर्नबाट जोगिनु पर्ने, यो भाईरस खोक्दा, हाछ्यू गर्दा सर्न सक्ने हुँदा खोक्दा, हाछ्यू गर्दा कुहिनामा मुख लगेर छोपेर गर्नु पर्ने, केही नयाँ बस्तु वा मान्छेसंग छोईएपछि सावुन पानीले राम्रोसंग हात धुन पर्ने, १०४ डिग्री भन्दा बढी ज्वरो आएको, रुघा खोकी लागेको, घाँटी तथा टाउको दुखेको व्यक्तिलाई अलग्ग राखेर उपचार गर्ने,, १०४ डिग्री भन्दा बढी ज्वरो आएको, रुघा खोकी लागेको, घाँटी तथा टाउको दुख्ने, जीउ दुख्ने लक्ष्णहरु देखिएमा तुरुन्त नजिकको स्वास्थ्य चौकी तथा गण्डकी प्रदेशको हकमा १०९२ नं. र संघ सरकारको हकमा १११५ मा फोन गरी चिकित्सकीय परामर्श तथा अन्य स्वास्थ्य सेवा लिन पाईने कुरा सिकाइएको थियो ।
टोलीमा जनप्रतिनिधि यामबहादुर थापा ‘याम सारु’ ऋषिङ्ग स्वास्थ्य चौकीका संयोजक लोकबहादुर थापा र इन्चार्ज अनिल पोख्रेल सहितको समूह रहेको थियो ।

Related posts

ट्रेड युनियन कांग्रेसको प्रथम जिल्ला परिषद्

admin

पत्रकार मतगणनामा व्यस्त सातबजेबाट मतगणना, परिणाम आउन रातभर लाग्ने

admin

घरै बस ल !

admin