दमौली/देशको राजनीतिक तरल बनेको बेला तनहुँमा तीनवटा चुनाव सम्पन्न भए । नेपाल पत्रकार महासंघ तनहुँ शाखा, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति र तनहुँ उद्योग वाणिज्य संघको निर्वाचन । ती तीनै चुनावमा राजनीतिक स्वार्थभित्र लुगेको प्रतिष्ठाको विषयले चुनावलाई प्रभावित पारेको देखियो ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति, नेपाल पत्रकार महासंघ तनहुँ शाखा र तनहुँ उद्योग वाणिज्य संघको चुनावी परिणामले दिने सन्देशलाई राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएर प्रत्यक्ष, परोक्ष रुपमा चुनावमा हस्तक्षेप गरेको आकाँक्षी उम्मेदवार तथा मतदाताहरुले महसुस गरेको पाइयो ।
हुन त यस अवधिमा नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार एकाई र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको पनि निर्वाचन सम्पन्न भयो । ती चुनावहरुमा राजनीतिक दलहरुले आफ्नो स्वार्थलाई प्रतिष्ठाको विषय बनाएको पाइएन । चुनावी मैदानमा देखिएको आँकाक्षीको तस्विरले पनि त्यसलाई पुष्टि गरेको थियो । यद्यपि तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको पनि चुनाव नै भएको थियो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्वाचनमा पनि राजनीतिक हिसाबले मतदान भएको पाइएन । विगतमा कायम भएको सहमतिमा नेतृत्व चयन गर्ने परम्परालाई तोड्नु र घातअन्तरघात देखिनुको पछाडि लुकेको स्वार्थ राजनीतिक नै थियो भन्न सकिन्छ । पत्रकारहरुको चुनावमा पनि घात अन्तरघातका दोहोरो चलखेल देखियो । २३औं अधिवेशनमा एकहोरो अन्तरघात देखिएको थियो भने २६औं अधिवेशनमा आईपुग्दा दुवै समूहबाट अन्तरघात भएको टिकाटिप्पणी उम्मेदवार तथा मतादाताहरु बीच चर्चाको विषय बन्यो । विशेषतः गुन तिर्नुपर्ने परिवन्द र एमालेभित्रको विग्रहका कारण चौतारीले नराम्रो पराजय भोग्न परेको महसुस सञ्चारकर्मिहरुले गरेका छन् ।
खानेपानीको समिति निर्वाचनमा उम्मेदवार चयन गर्दा एकातर्फ पार्टीले लगाएको ह्वीप असफल देखियो । अर्को तर्फ निर्वाचन परिणाममा पनि असफल हुँदा एउटा गुटले मात्रै जस लिने । त्यसले झनै ठूलो राजनीतिक क्षति पुग्ने आँकलनका साथ सर्वसम्मत नेतृत्व चयन गराउन राजनीतिक नेतृत्व सक्रिय देखियो । तर उद्योग वाणिज्य संघको नेतृत्व चयनमा सर्वसम्मत गराउन तर्पm खासै मेहनत नगरेको राजनीतिक नेतृत्वले गुटगत हारजितको सन्देश जान नपाओस् भन्नेमा भने ज्यादै सजगता लिएको पाइयो । चुनावी परिणाम पछि असफल प्रतिष्प्रधीको तर्फबाट सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले पनि त्यसको पुष्टि गरेको छ । असफल प्रतिष्प्रर्धी उम्मेदवारले सफल प्रतिष्प्रधी उम्मेदवारसंग देखाएको हार्दिकताले उनको आक्रोस् उम्मेदवारसंग भन्दा पनि चुनावमा हस्तक्षेप गर्ने राजनीतिक नेतृत्वसंग रहेको सामाजिक सञ्जालमा प्रकाशित प्रतिक्रियाले बकेको छ । हतारहतारमा व्यास नगरपालिकाको कार्यपालिकाको रिक्त सदस्यमा मनोनयन गरेर असफल प्रतिष्प्रधीलाई सहानुभूति प्रकट गरेर कमजोर बन्दै गएको व्यास नगरपालिकाभित्रको
राजनीतिक अस्तित्व संरक्षण गर्न सफल भएको महसुस राजनीतिक नेतृत्वले गरेको नगरवासीले अनुमान गरेका छन् । विगतको नगरपालिकाको निर्वाचनमा वडा नं. ४ मा भोगेको नियती अरु वडामा भोग्न नपरोस् भन्नेमा काँग्रेस नेतृत्व सजग हुन थालेको महसुस नगरवासीहरुले गर्न थालेका छन् ।
राजनीतिक स्वार्थ अनि प्रतिष्ठाले प्रभावित तनहुँ उद्योग वाणिज्य संघको निर्वाचन
previous post