मूर्तकला उपरकोटी सिद्धेश्वरी मा वि कक्षा १२
त्यो जुन के टाढा हो र ?
त्यति टाढा आज म भएकी छु ।
त्यो गुलाफको काँढा के काँढा हो र ?
त्यति घोच्ने काँढा आज म भएकी छु ।
साउने झरी के वर्षेको हुन्छ र ?
त्यति झरी यो आँखाबाट वर्षेको छ ।
मुना र मदनको आत्मा त के रोएको छ र ?
त्यति धेरै मेरो यो आत्मा रोएको छ ।
ति पागल के भौंतारिएका छन् र ?
त्यति धेरै आज यो मन भौंतारिएको छ ।
ति निमुखाको त के लुटिएको छ र ?
त्यति धेरै खुसी आज मेरो लुटिएको छ ।