दमौली/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पाँच दलिय गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर भण्डारीले गठबन्धन मुलुकको हितमा भएको बताएका छन् । केन्द्रीय सदस्य भण्डारीले उक्तकुरा क्षेत्र नं २ अन्र्तगत शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा स्थापना गरिएको निर्वाचन सम्र्पक कार्यालयको मङ्गलबार उद्घाटन गर्दै बताएका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले गत प्रतिनिधि सभाको निर्वाचन पछि झण्डै दुइ तिहाई मतका साथ प्रधामन्त्री बनेका केपी ओलीले ७० वर्ष भन्दा बढी समय खर्च गरेर सदृढ बनाइएको लोकतान्त्रिक प्रणालीलाई समाप्त पारी अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । ओलीले राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा राख्ने दुष्प्रयास गरेको भन्दै भण्डारीले लोकतन्त्रको स्थायित्वको लागि यो चुनावमा गठबन्धन गरिएको बताए । विचलनमा नआईकन, अनुशासन, उच्च सस्कार सस्कृति बोकेर कार्यकर्ता क्रियाशिल हुन आवश्यक रहेको भन्दै भण्डारीले गठबन्धनको मर्म अनुसार गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे ।
विकासका हिसाबले पछाडि परेको क्षेत्र नं २ को मुहार फेर्ने नेता भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभयो । आफु निर्वाचन लड्न लागेको क्षेत्र विकासका हिसाबले पछाडि परेको र सडक ,खानेपानी , विजुलीको समस्या रहेको भन्दै भण्डारीले यो क्षेत्र धार्मिक ,सास्कृतिक र पर्यटकयि हिसाबले निकै सम्भावना बोकेको क्षेत्र रहेको र यस क्षेत्रको समग्र विकासमा समेत विशेष पहल गर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले गठबन्धनको मर्म अनुरुप चुनावी प्रचार —प्रसार अभियानमा लाग्नुपर्ने बताए । वाग्लेले भने, ‘मुलुकको राजनीति सही दिसामा लैजान, स्थिरता तर्फ लैजान, विदेश नीतिलाई परिपक्क बनाउनु अन्तराष्ट्रिय शक्तिसँग राम्रो सम्बन्धन, राष्ट्रिय उत्पादन र रोजगारीमा वृद्धि गर्ने गठबन्धनको उम्मेदवारलाई विजय गराउनुपर्छ’
कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइरालाले केपी शर्मा ओलीको निरङकुशतालाई परास्त गर्न पनि गठबन्धनलाई मजबुत ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै संविधानको रक्षाका लागि गठबन्धन अपरिहार्य भएको समेत बताइन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सभापति एवं क्षेत्र नं २(ख)का उम्मेदवार जीतप्रकाश आलेले जनतालाई मालिक बनाउने व्यवस्था लागि २०७४ को निर्वाचन पछि खतरा भएकोले यस पटक सत्तारुढ दलबीच गठबन्धन भएको बताए । उनको आरोप थियो, तत्कालिन प्रधानमन्त्री केपी ओलीले मुलुकलाई अधिनायकबादको पथमा अग्रसर गराए । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति चुडामणी खनालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा कुनै कसर बाँकी नराख्ने गरी चुनावी अभियान होमिन आग्रह गरेका थिए ।
‘मुलुकको हितमा गठबन्धन’
previous post