रामकुमार श्रेष्ठ
मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मुल उद्घोष का साथ मुक्तकको उन्नयन र बिकास को निम्ति क्रियाशील साहित्यिक संस्था मुक्तक मञ्च को लमजुङ शाखा गठन भएको छ । सामाजिक सञ्जाल जुम मार्फत सञ्चालन गरिएको उक्त कार्यक्रम मुक्तक मञ्च केन्द्रिय समिति का अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षता मा संस्था का.सहसचिव नवी भण्डारीले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्था का सचिव श्री राम अधिकारी गोर्जेले दिनुभयो थियोे ।
नवगठित मुक्तक मञ्च लमजुङ शाखामा अध्यक्ष रमेशचन्द्र घिमिरे ,उपाध्यक्ष गौरी न्यौपाने ,सचिव रामकुमार श्रेष्ठ “फुच्चे“, सहसचिव लक्ष्मीप्रसाद मिश्र,कोषाध्यक्ष सुरज गुरुङ ,सदस्यहरू सुजता खनाल,ओम भुजेल अतित ,बसन्त अधिकारी ,काजी बस्नेत पशुपति घिमिरे र एकजना समितिको छलफल पश्चात् मनोनयन हुने गरि गठन भएको थियो ।
मुक्तक मञ्च केन्द्रीय समिति पोखरा का अध्यक्ष रामजी प्रसाद आचार्यले संस्थाको भावी योजना बारे प्रष्ट पार्दै देश तथा बिदेश गरि हाल सम्म १९ वटा शाखा गठन भईसकेको र निरन्तर रुपमा गठन हुँदै जाने कुरा जानकारी गराउनु भयो । त्यसै गरि मुक्तकको सैद्धान्तिक पक्ष र मुक्तक मञ्च लमजुङ शाखा बिस्तार को औचित्य माथि सम्मरुोहन साहित्यिक पत्रिकाका सम्पादक रुपिन्द्र प्रभाविले प्रष्ट पार्नुभएको थियो । मकवानपुर शाखा अध्यक्ष डिवि बर्तौला ले केन्द्रीय समिति संरचना प्रति आफ्ना भनाइ राख्नु भएको थियोे भने काठमाडौ शाखा अध्यक्ष राजेन्द्र घिमिरे सागरले सहकार्य र मुक्तकको उन्नयन आजको मुख्य आवश्यक रहेको जानकारी गराउनु भयो ।
संस्था का पुर्व अध्यक्ष एवम् बर्तमान सल्लाहकार प्राञ्जलले मुक्तक मञ्च बिगत र बर्तमान बारे बोल्नु भएको
थियो । लघुकथा प्रतिष्ठान का अध्यक्ष विष्णु अल्पबिराम ले मुक्तकको उन्नयन र बिकास का लागि शाखा बिस्तार को महत्व दर्शाउनु भएको थियोे । त्यसै गरि अन्तरङ्ग साप्ताहिक का सम्पादक नवराज पहाडीले लमजुङको मुक्तकको पृष्ठभूमि ,साहित्यिक संघ संस्था मा बढ्दै गएको विकृति बिसङ्गती प्रति नवगठित कार्यसमिति लाई ध्यानाकर्षण गराउनुभएको थियोे ।
मुक्तक को बर्तमान स्थिति का बारेमा छलफल तथा मुक्तकको संरचना र बाचन शैली समेत प्रस्तत गर्दै तीन दर्जनभन्दा बढि मुक्तककारहरुले मुक्तक बाचन गर्नुभएको थियोे । अमृता पोख्रेल ,रामकुमार श्रेष्ठ फुच्चे ,श्रद्धा आचार्य रबिन ढकाल प्रेम थापा ,रमेश चन्द्र घिमिरे अल्पबिराम ,श्रीराम अधिकारी गोर्जे,गौरी न्यौपाने ,लक्ष्मी प्रसाद मिश्र,रावल कृष्ण ,सुरज गुरुङ ,रुपिन्द्र प्रभावि,मनु तिमल्सिना ,डिवि बर्तौला,राजेन्द्र घिमिरे सागर,प्राञ्जल,रमेश चन्द्र घिमिरे ,नवराज पहाडी ,बसन्त अधिकारी ,सविता बस्नेत दानी लगायत थुप्रै मुक्तककार हरुले बिकृति बिसङ्गति र यथार्तता लाई मुक्तकका माध्यम बाट चोटिलो प्रहार गर्नु भएको थियो ।
मुक्तक मञ्च गठन तथा मुक्तक बाचन कार्यक्रम सम्पन्न
previous post