दमौली/मास्क भिड भाडमा मात्रै आवश्यक हो । हामीले विज्ञापन सुनेका छौं–‘कारोनाको किटाणु हावा हुँदैन । महंगो मास्क किन्न पर्र्दैन ।’ यस्तैयस्तै विज्ञापन हामीले दिनदिनै सुन्ने गर्दछौं । तर सडकमा दुरीसीमा कायम गरी विहान बेलुका मर्निङ्ग वाकमा सावधानी पूर्वक नबोलि हिड्दा पनि सुरक्षाकर्मिले किन मास्क नलगाएको भनेर सचेत गराउँदछन् । किन पञ्जा नलगाएको भन्दैनन् । जति मास्क लगाउन आवश्यक छ त्यति नै पञ्जा लगाउन पनि आवश्यक देखिन्छ । स्वयमको लागि त मास्क भन्दा पनि पञ्जा लगाउन आवश्यक छ । धातुमा छोएर नाकमा मुखमा हात लैजान सक्ने खतराबाट बच्न मास्क भन्दा पञ्जा अनिवार्य हो । प्रयोग हिसाबले बोल्दा, हाच्छ्यूँ गर्दा, मास्क लगाउनु पर्दछ वा नाक सफा गर्दा सावुन पानीले राम्रोसंग हात हुनु पर्दछ । मास्क नलगाएको मान्छे बोल्दा अरुलाई भाइरसको संक्रमणको खतरा हुन्छ । नबोल्दा खासै फरक पर्दैन । तर अकस्मात आउने हाच्छ्यूँबाट हुन सक्ने संक्रमणबाट बच्न मास्क लगाएर हिड भन्नु परेको हो । मास्क च्यापुमा लगाउने, फुकालेर टेवुलमा राख्ने, अनि सम्झेर वा मन लागेका बेला उठाएर लगाउनुले औपचारिकतामा मात्रै पुरा हुन्छ । सजग सतर्कता देखिदैन ।
शुक्रबारबाट संघीय संघको छैटौ अधिवेशन शुरु भयो । त्यहाँ बोल्ने विपक्षी दलका नेता शेरबहादुर देउवा बोल्नु अगाडि मास्क खोल्नु भयो अनि नौ मिनट सम्बोधन गर्नु भयो । जनता समाजवादी दलका नेता राजेन्द्र महतोले मास्क नै नलगाई गएर संसदलाई सम्बोधन गर्नुभयो । अधिकाँश वक्ता बोल्ने बेला मास्क खोलेको देखिन्छ । भन्न खोजेको मास्क फेसनका रुपमा लगाउने होइन । बोल्दा अनिवार्य लगाउनु पर्दछ । च्यापुमा लगाउने वा फुकाले टेबुलमा राख्ने, अनि बोल्ने बोलेर सकेपछि उठाएर लगाउने होइन । यस तर्फ प्रयोग कर्ता, अनुगमन कर्ता सबैको ध्यान जान जरुरी छ ।
मास्क लगाउने किन ?
previous post