
हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको पर्व छठ, सूर्यको उपासना गरी मनाइने यो पर्व विशेष गरी नेपालको तराई (मधेश) क्षेत्र र भारतका उत्तरी क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाईन्छ । सबै नेपालीलाई समेट्दै आजकल पहाड र हिमाली क्षेत्रमा पनि मनाउन थालिएको छट प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्व पनि हो । माथिको तस्वीर छठको तेस्रो दिन कार्तिक १० गते मादी किनारमा जम्मा भएका भक्तजनको हो । यो साँझ भक्तालुहरु नजिकैको नदी, पोखरी वा जलाशयमा गई पानीमा उभिएर अस्ताउँदो सूर्यलाई फलफूल तथा प्रसाद सहित अर्घ दिने गरिन्छ । विशेषतः महिलाहरुले आफ्ना पुत्र, पति र परिवारका सकल सदस्यको कल्याण तथा सुस्वास्थ्यको कामना गरेर ब्रत गर्ने यो पर्व विशुद्ध शाकाहारी पर्व हो । तस्बिरः रमेश विकल
