राम्जाकोट/राम्जाकोट पार्टनर शोलुसन इन्टरनेशनल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको तर्फबाट ऋषिङ–५ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयका बालबालिकाकालाई विद्यालय पोशाक प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्याक दुर्गाबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार पिएसआईका नेपाल प्रतिनिधी सूर्यनाथ अधिकारीले विद्यालयका विद्यार्थीहरुका लागि विद्यालय पोशाक हस्तान्तरण गरेका हुन् । प्रअ क्षेत्रीका अनुसार संस्थाले यस अघिपनि विद्यालयलाई ल्यापटप कम्प्युटर, फोटोकपि प्रिन्टर तथा स्क्यानर मेसिन लगाएत विभिन्न शैक्षिक सामग्रि हस्तान्तरण गरेको थियो ।
कोभिडको विषम परिस्थितीमा पनि दुर्गम क्षेत्रका बालबालिका सम्झेर पोशाक उपलब्ध गराएकोमा संस्थाका प्रति कृतज्ञता ज्ञापन गर्दै प्रअ क्षेत्रीले विद्यालय पोशाक उपलब्ध नभएका कारण विद्यालय छोड्नु पर्ने अवस्था अब नहुने बताए ।
शिक्षक हरिमायाँ विकका अनुसार गत शुक्रबार एक कार्यक्रमबीच पिएसआई प्रतिनिधी अधिकारीले विद्यालयका एकसय पञ्चानब्बे छात्रछात्राका लागि विद्यालय पोशाक वितरण गरेका हुन् ।