इलामबाट देवकी घर्तिमगर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यमा बालकालिकाको अधिकार स्थापित गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।
लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रम सहभागिहरुलाई उत्साहित तुल्याउँदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्संख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेको खुलासा गर्नुभयो । आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै उहाँले संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको धारण राख्नु भएको थियो । चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको बताउँदै मन्त्री चौधरीले ज्येष्ठ नागरिकलाई २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था निरन्तर वितरण गरिँदै आएको चर्चा गर्नुभयो । आजभोलि बुवा आमा बिर्सिने चलन बढेको तफै संकेत गर्दै मन्त्री चौधरीले
छोरा छोरी जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि आम्दानीको १० प्रतिशत आफ्नो बाबाआमालाई दिनुपर्ने कानुनको तर्जुमा गरिएको बताउनु भयो । कार्यविधि बनाएर ७५३ वटै स्थानीय तह मार्फत लागू गरिने योजना रहेको मन्त्री चौधरीले बताउनु भयो ।
ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रको व्यवस्था गरेर भजन कृर्तन गर्ने, अनुभव साटासाट गर्ने, एक अर्काको दुःखमा सहयोग गर्ने वातवरण पालिकाहरू मार्फत निर्माण गरिने वताइएको छ ।
‘महिला तथा बालबालिकाको अधिकार स्थापित गर्छौ’
previous post