दमौली/नेपाल राष्ट्रिय मगर संघ तनहूँले आफ्नो २०८० सालको स्थापना दिवस फागुन १५ गते दमौलीमा पनि विविध कार्यक्रमका साथ मनाएको छ ।
नेपाल राष्ट्रिय मगर संघको स्थापना दिवसका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा विभिन्न उल्लेख गरेको पाईन्छ । कुनै मिडियाले ४०औं दिवस उल्लेख गरेको छ भने गोरखापत्रले ४१औं भनेर उल्लेख गरेको पाईन्छ । कान्तिपुरले ४२औं स्थापना भनि उल्लेख गरेको पाईन्छ । अधिकाँश मिडियाले ४२औं स्थापना दिवस भनेर उल्लेख गरेका छन् ।
तनहुँको सन्दर्भमा कुरा गर्दा २०३९ साल फागुन १५ गते नेपाल लाङघाली परिवार संघको स्थापना गरिएको दावी गरिएको छ । सोही बर्षबाट मनाउँदै आएको यो दिवस २०८० सालमा ४२औं स्थापना दिवस मनाइएको छ ।
तनहुँ जिल्लाको सदरमुकाममा मनाइएको स्थापना दिवसमा जिल्लाभरबाट प्रतिनिधि मूलक सहभागिता रहेको थियो । स्थापना दिवसमा मगर समुदायको भेषभुषा र सांगितिक झाँकीका साथ जिल्लाभरबाट उत्साहजनक सहभागिता देखिएको थियो । यसको साथै पालिका पालिकामा पनि मगर दिवस मनाइएको
थियो । २०४८ सालसम्म नेपाल लाङघाली परिवार संघको नामबाट मनाईदै आएको यो दिवस २०४८ सालमा सम्पन्न चौथो अधिवेशनबाट नाम परिवर्तन गरी नेपाल मगर संघ भनि नामाकरण गरिएको थियो ।
नेपाल मगर संघले आफ्नो स्थापना दिवस फागुन १५ गतेका दिनमा सार्वजनिक विदा र प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै आएको छ । नेपाल मगर संघको स्थापना दिवस २०८० मा घिरिङ, ऋषिङ, भिमाद, शुक्लागण्डकी, म्याग्दे, देवघाट, भानु र बन्दिपुरले सार्वजनिक विदा दिएका छन् । मगर दिवसका कार्यक्रमहरुमा कौरा, झाम्रे, चुडुका लगायतका परम्परागत गीतका साथै नाँचहरु पनि सहभागिहरुले उत्साहपूर्वक प्रदर्शन गरेका थिए ।
भेषभुषा र साँगितिक झलकहरुका साथ उत्साहजनक सहभागितामा
राष्ट्रिय मगर दिवस २०८० तनहुँभर मनाइयो
previous post