नेपाल–भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै भारतका विदेशमन्त्री सुब्रमन्यम जयशंकर बुधबार हिजो काठमाडौं आएका छन् । नेपाल(भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । बैठकमा दुवै मुलुकका परराष्टूमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन् । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु(याउन मद्दत पुग्नेगरी गहन छलफल हुने छ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने बताइएको छ । विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ । २०७२ मा संविधान सभाद्वारा निर्मित संविधान जारी नगर्न दवाव दिने तत्कालिन भारतीय विदेश सचिव जयशंकरले नेपाल आउना साथ राजनैतिक भेटघाटलाई तिब्रता दिएका छन् । बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली र जयशंकरबीच भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्टू सल्लाहकार राजन भट्टराई, पराराष्टू सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए । भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि जयशंकरले पहिलो विदेश भ्रमण नेपालबाट थालेका हुन् । उनलाई परराष्टू सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्टिूय विमानस्थलमा स्वागत गरेका थिए । विदेशमन्त्री जयशंकरले भारतीय दूतावासमा राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ । उनले राष्टूपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने छन् ।