दमौली/विशेष अधिवेशनबाट गठित नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको बुधबार दमौलीमा बसेको बृहद बैठकले तनहुँ दुवै क्षेत्रीय समिति गठन गरेको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँले दिएको जानकारी अनुसार भिमबहादुर अधिकारीको नेतृत्वमा नेपाली काँग्रेस क्षेत्र नं. १ को क्षेत्रीय समिति गठन भएको छ । त्यसैगरी ध्रुबकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नं. २ को क्षेत्रीय समिति गठन भएको छ ।
नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको विशेष उपस्थितिमा सम्पन्न बृहद बैठकले नगर समिति र गाउँ समिति गठन गर्दै प्रत्येक स्थानीय तहमा एक÷एक कार्यक्रम गर्ने निर्णय गरेको छ । बृहद बैठकलाई सम्बोधन गर्दै नेता जोशीले संस्थागत निर्णय नगर्ने, आफ्नो खल्तीबाट पार्टीको निर्णय गर्ने, टिकट बेच्ने कार्यशैलीले नेपाली काँग्रेसलाई कमजोर बनाएको चर्चा गर्नुभयो । विशेष अधिवेशनबाट अपदस्त भएकाहरुले अर्को पार्टी खोल्ने भनि चलाएको झुटो प्रचारबाट नअल्मलिन कार्यकर्ताहरुलाइ आग्रह गर्दै नेता जोशीले म निष्कृय बस्दा देशव्यापी रुपमा काँग्रेस कमजोर भयो भनेर मैले आफ्नो सक्रियता आफ्नै जिल्लाबाट तनहूँबाट बढाएको हूँ, म काँग्रेसलाई बलियो बनाएर देखाउँछु भनेर कार्यकर्तालाई विश्वस्त तुल्याउनु भएको सभापति डिल्लीराम अधिकारीले बताउनु भयो ।