साराङघाट/पहिरोले गर्दा २० दिनदेखि अबरुद्ध बनेको बुद्धसिंह मार्ग लामो समय सम्म पनि सूचारु हुन सकेको छैन ।
पत्रकार अमरराज नहर्की आफ्नो समाचारमा लेख्छन्–सडकको व्यास नपाको बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघर लगायतका स्थानमा सडक अवरोध भएको थियो । पहिरोले गर्दा पृथ्वी राजमार्गको बैकल्पिक रुपमा रहकोे यस मार्ग असोज १० गते देखि अबरुद्ध भएको हो । असोज १०, ११ र १२ गते सम्म गरी तीन दिन परेको वर्षाले उक्त सडकको दर्जनौं स्थानमा साना ठुला पहिरो गएकाले अबरुद्ध भएको हो । अधिकांश स्थानको पहिरो पूर्वाधार विकास कार्यालय र बन्दीपुर तथा आँबुखैरेनी गा.पा.ले हटाएपनि बन्दिपुर–६ स्थित नाल्दीघाटको पहिरोले सडक अबरुद्ध छ ।
गर्दा उक्त सडकको व्यास नपाको बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघर लगायतका स्थानमा सडक अवरोध भएको थियो । ति मध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाईएको बुद्धसिं मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले बताउनुभयो । नाल्दीको पहिरो हटाउन पटक पटक माग गरेपनि सुनुवाई नभएको उहाँले बताउनुभयो । पुर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको बताएको थापाले बताउनुभयो । थापाका अनुसार नाल्दीको पहिरोले गर्दा यातयात सञ्चालन नहुँदा बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६, आबुँखैरेनी गाउँपालिकाको वडा नम्बर ५, देवघाट गाउँपालिकाको वडा नम्बर ३ र ४ का जनतालाई आउजाउमा समस्या छ । त्यसबाहेक बुद्धसिंह मार्ग हुँदै मोटरसाईकलमा उक्त सडक हुँदै चितवन जाने आउने यात्रुहरु पनि मारमा परेका छन् ।
यसै मार्गमा पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेघाटको पक्की पुल १० वर्ष नै निर्माण सुरु गरिएको भएपनि निर्माण अझै पुरा भएको छैन । समयमा नै पुल निर्माण पुरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रुपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालनमा ल्याउन पाईएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको र हाल सम्म करीव ४० प्रतिशतमात्रै काम पुरा भएको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गराईएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ । घुमाउनेघाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरी भन्दा ३० किलोमिटर छोटो हुने भएकोले इन्धन आयातमा धेरै रकम जोगाउन सकिने अध्यक्ष चुमानले बताउनुभयो । उक्त पुलको निर्माणपछि चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्दैन तर पुल निर्माण स्थानीय सास्ती भोग्नु परेको छ ।
बुद्धसिंह मार्गको अवरोध कायमै
previous post