दमौली/बीपी विचार समाज तनहुँको सातौं जिल्ला अधिवेशनले प्रताप सिं अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
सातौ अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेसका संस्थापक बीपी कोइरालाका विचार, सिद्धान्त र आदर्शलाई वी पी विचार राष्ट्रिय आठ ओटा पुस्तका रुपमा संग्रहित गरेको धारणा राख्नु भयो । कांग्रेसले बीपीको सिद्धान्तलाई छाड्दै सत्ता–केन्द्रित राजनीति गर्दा आज अस्तित्व नै समाप्त हुन लागेको तर्फ जोशीले चिन्ता व्यक्त
गर्नुभयो । जोशीले नेपाली काँग्रेसका कार्यकर्ताले वीपीको दर्शन, वीपी वाद बुझ्न जरुरी रहेको चर्चा गर्दै वीपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको आठ पुस्तक किनेर समय मिलाएर अध्ययन गर्न नेपाली काँग्रेुसका सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जोशीको भनाइले अहिलेको राजनीतिक प्रवृत्तिमाथि प्रश्न उठाउँदै कांग्रेसभित्रै वैचारिक पुनर्जागरणको आवश्यकता रहेको संकेत गर्नुभएको छ । पछिल्लो समय दलहरूबीचको प्रतिस्पर्धा नीति र कार्यक्रमभन्दा पनि सत्ता समीकरणमा सीमित हुँदै गएको बताउनुभएको छ ।
समाजका केन्द्रीय सदस्य एवं जिल्ला सभापति हरिशरण पण्डित को अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा प्रताप सिंह अधिकारीको सभापतित्वमा नयाँ जिल्ला समिति गठन गरिएको छ ।
सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष प्रताप सिं अधिकारीले आफ्नो कार्य समितिलाई मनोनय गरेर पूर्णता दिएको बताएका छन् । सभापति अधिकारीले आफने कार्यसमितिको उपसभापतिमा निवर्तमान उपसभापति क्या. रेशम बहादर गुरुङलाई पुनः सहयोग गर्न सहमति गराएका छन् । सचिवमा शुक्लागण्डकीका हरि प्रसाद भण्डारी मनोनयन गरेका छन् भने कोषाध्यक्षमा पुनः भिमकुमार श्रेष्ठलाई नै कार्य समितिमा बढेर सहयोग गर्न सहमत गराएका छन् । सहसचिवमा भानु न.पा. कि लालमती गुरुङ्गलाई मनोनय गरेका सभापति प्रताप सिं अधिकारीले आफ्नो कार्य समितिको सदस्यमा घिरिङ्गका ऋषिराम पोख्रेल, शुनपाका इन्द्र प्रसाद पौडेल, व्यासका नरनाथ काफ्ले, इन्द्र ब. दरै, आँबुखैरेनीका सोल ब चितौरे, व्यासका कृष्ण प्रसाद सोती, ई.श्री दीर्घ बहादुर थापा क्षेत्री, विष्णु प्रसाद श्रेष्ठ, बन्दिपुरका रुद्र निधि नैनावस्ती, व्यासका विजयराज भट्टराई, देवघाटका कृष्ण प्रसाद न्यौपाने, व्यासका राज कुमार श्रेष्ठ, भिमादका निलकण्ठ सिग्देल, म्याग्देका दोधराज रेग्मी, भिमादका तुलसीलाई मनोनय गरेको जनाएका छन् । विधानतः क्षेत्र नं. १ का क्षेत्रीय सभापति केशर बहादुर गुरुङ, क्षेत्र नं. २ का क्षेत्रीय सभापति
नरेन्द्र थापा मगर, केन्द्रिय सदस्य त्रय हरि शरण पण्डित, बालकुमारी लोहनी र सुकुमलाल गुरुङ कार्य समितिको पदेन सदस्य रहने व्यवस्था छ ।
कार्यक्रममा स्वागत मन्तव्य समाजका उपसभापति क्याप्टेन रेशम बहादुर गुरुङले राख्नुभएको थियो । वक्ताहरूले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद, व्यक्तिगत स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रियता जस्ता मूल मान्यताहरू आजको राजनीतिक अभ्यासमा कमजोर बन्दै गएको तर्क राख्नुभएको थियो ।
