दमौली/नेपाली कांग्रेस तनहुँले संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालको स्मृति दिवसको अवसर पारेर खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ ।
नेपाली कांग्रेस साहित्य उपसमितिका सदस्य हुतमणी अधिकारीका अुनसार नेता कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा साउन ६ गते वर्तमान सन्दर्भमा जननायक बीपी कोइराला शीर्षक खुल्ला कविता प्रतियोगिता गर्न लागिएको हो ।
गद्य कविता भए बढीमा दुइ पेज तथा पद्य कविता भए बढीमा ९ श्लोक हुनेगरी लेख्नु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार तथा प्रमाण पत्र र द्वितीय हुने प्रतियोगीलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिने छ । सदस्य अधिकारीका अनुसार रचना साउन ५ गते विहान ११ बजेसम्म नेका तनहुँको इमेल ठेगाना [email protected] मा पठाउनु पर्ने वा नेपाली कांग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवनमा आएर बुझाउनु पर्नेछ ।
बीपीको स्मृतिमा कविता प्रतियोगिता
previous post