बार अध्यक्षमा भानु सर्वसम्मत
दमौली÷नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार इकाईको अध्यक्षमा भानु सुवेदी सर्वसम्मत निर्वाचित हुनु भएको छ । अध्यक्षका आकाँक्षी पाँच जना मध्ये समझदारी कायम गर्ने प्रयास स्वरुप चैत्र १७ गते सर्वसम्मत नेतृत्व चयन भएको हो ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलले उद्घाटन गर्नुभएको १९औं अधिवेशनमा अध्यक्षका आकाँक्षीहरुमा कृष्णहरि वाग्ले, डमरदेव हड्खले, सरिता भण्डारी र हरिश्चन्द्र अर्याल समेतका पाँचै जनाले पूर्वअध्यक्षहरु र निर्वाचन प्रवन्ध समितिले विगतका समझदारी, ज्येष्ठता, निरन्तरता समेतलाइ ध्यानमा राखेर निर्णय लिन अख्तियारी दिएपछि नेपाल बार एशोसिएशन तनहुँ बार इकाइको सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव भएको हो ।
भानुभक्त सुवेदीको नेतृत्वमा अगामि दुई बर्षका लागि बनेको समितिको उपाध्यक्षमा शरणहरि पन्त, सचिवमा त्रैलोक्य वाग्ले, कोषाध्यक्षमा हरिमान श्रेष्ठ, सहसचिवमा माधव घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा परशुराम गिरी, कृष्णहरि वाग्ले, अमृतबहादुर नेपाली, हरिश्चन्द्र अर्याल, डम्बरदेव हड्खले, शिवराज काफ्ले, इन्द्र थापा, शिवराज रेग्मी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
१९औं अधिवेशनले पार्षदमा यज्ञबहादुर राना, केशबराज भट्टराई, त्रिभुवन श्रेष्ठ, चन्द्रकान्त वाग्ले निर्वाचित
गरेको छ । साथसाथै मानव अधिकार जनसरोकार समितिको संयोजकमा अध्यक्ष पदका प्रतिष्पर्धी सरीता थापा भण्डारीलाई चयन गरिएको छ । सदस्यहरुमा इन्द्रबहादुर आले, विष्णु हड्खले सर्वसम्मत चयन गरिएको छ ।