दमौली/गण्डकी प्रदेश अन्तरगतका दुई कार्यालयले एउटै कार्यक्रममा मंगलबार दमौलीमा बार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका छन् ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गत आर्थिक बर्षमा ९८ प्रतिशत प्रगति गरेको देखाएको छ भने आगामि बर्षको लागि दुई करोड २६ लाख बजेट सार्वजनिक गरेको छ । त्यसैगरी कृषि ज्ञानकेन्द्र तनहूँले गत बर्षमा निर्धारित कार्यक्रममा ७७ प्रतिशत सफलता हासिल गरेको प्रगति सुनाएको छ । आगामि बर्ष ०७७÷०७८ को बजेट सार्वजनिकीकरण गरेको छ । कार्यक्रम जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेको सभातित्वमा भएको थियो । कार्यक्रममा सहभागि किसानहरुले प्रगति प्रतिवेदन सुन्न पाएको तर अनुभूति गर्न नपाएको गुनसो गरेका थिए ।
बार्षिक प्रतिवेदन तथा कार्यक्रम सार्वजनिकीकरण
previous post