
दमौली/नेपाली समाजका विभिन्न पर्वहरु मध्येको बडादशैं पर्व शुरुवातको अघिल्लो दिन बुधबार तनहुँ जिल्ला अदालत बारबेञ्च परिवार बीच एक आपसमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश वासुदेव पौडेलले कार्यक्रमका बीच बीचमा मनोरञ्जनात्मक कथन दिएर वातावरणलाई थप आकर्षक गराउनु भएको थियो ।
बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, स्रेस्तेदार मिनबहादुर कुवँर लगायत तनहुँ जिल्ला अदालत बारबेञ्च परिवार एकै ठाउँमा बसेर बुधबार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।