दमौली/अठार बर्षदेखि फरार आपराधी पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय तनहूँले दिएको जानकारी अनुसार बलात्कार पछि गर्भपतनको प्रयासका बावजुद जन्मेको बच्चाको हत्याको अभियोग ठहर भएपछि आँबुखैरेनी–१ कुसुन्डेका खिमबहादुर सार्कीलाई पक्राउ गरी अदालत बुझाएको
छ । तनहुँ जिल्ला अदालतले २०६० सालमा मक्रान्ति साहिंला भनेर चिनिने प्रेमबहादुर नाम भएका सार्की लाई २१ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । १८ बर्षदेखि फरार कैदीलाई प्रहरीले बुधबार पक्रेर तनहुँ जिल्ला अदालत मार्फत कारार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले तनहुँ आवाज साप्ताहिकलाई बतायो ।
फरार अपराधी पक्राउ
previous post