दमौली/तनहुँका सञ्चारकर्मिहरुले जिल्ला प्रहरी कार्यालय तनहुँले सूचना प्रवाहमा अनिच्छा देखाएकोप्रति गुनासो गरेका छन् ।
सञ्चारकर्मिहरुले बुधबारको सामाजिक सञ्जाल फेसबुक मार्फत सो गुनासो व्यक्त गरेका हुन् । द्वन्दकालिन जटिल परिस्थितिमा पनि सहजै सूचना उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय तनहुँ अहिलेको सहज सहज परिस्थितिमा सूचना प्रवाहमा झनै अनुदार हुँदा ‘जिप्रका तनहुँमा केही खिचडी पो पाकिरहेको छ कि भन्ने आशंका गर्न बाद्य बनियो ।’ सामाजिक सञ्जाल फेसबुक मार्फत आशंका व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्व सभापति प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य लगायत पत्रकारहरु प्रकृति खनाल न्यौपाने, सुनिता आचार्यबाट त्यस्तो गुनासो जाहेर भएको छ । पत्रकार कृष्ण न्यौपानेले त त्यो लुकाईको समाचार खोलेर भनेका छन्– ‘पल शाह विरुद्धको जाहेरी घटना लुकाउन एसपी र डिएसपी नै सक्रिय । फोन उठ्दैन, भेट गर्न जाँदा भेट्न दिईएन । प्रहरीले नै घटनालाई रहस्यमय बनाउँदै ।’ भनेर तनहुँ पत्रकार समूहमा लेखेका छन् । पत्रकार मिला दरैको आशंका पनि त्यस्तै छ । त्यस्तै त्यस्तै बुधबार दिनभर सामाजिक सञ्जालमा प्रहरीले नेता वा पहुँचवालाको सोर्सफोर्समा समाचार लुकाएको, गुपचुपमा राख्न खोजेका आशंका समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्कासंग सम्पर्क गर्दा पत्रकारहरुले फोन गरेको बेला व्यस्त भएछ क्यारे, गुनासो गरेको भन्ने मैले पनि सुनेको हूँ । सामाजिक सञ्जालमा के के आयो त्यो त मलाई थाहा भएन, जाहेरीमा सहिछाप नहुँदै त्यो सूचना मिडियालाई दिन नमिल्ने बताए । साँझपख भने पल साह सम्बन्धी समाचार आएको थियो ।