दमौली/निमोनिया संक्रमणबाट निधन भएका राजयोग तथा सकारात्मक चिन्तनका प्रशिक्षक राजु खड्काको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छ । स्व. खड्काको पार्थिक शरीरको अत्यष्टी विहिबार दमौलीमा सामाजिक दुरीका साथ गरिने भएको छ ।
झण्डै एक महिनादेखि न्युमोनियाबाट पीडित खड्का अन्ततः पराजित भएका छन् ।
कोरोना संक्रमण देखिएपछि शुरुमा घरमा उपचार गराउँदै आए पनि निको नभए पछि उनलाई पोखरा लगिएको थियो । संक्रमण निको भए पनि न्युमोनिया जटिल देखिए पछि थप उपचारका लागि उनलाई हेलिकोप्टरबाट काठमाण्डौको ग्रान्डी अस्पतालमा पु¥याइएको थियो ।
झण्डै तीन सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत खड्काको बुधबार निधन भएको ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालीका ब्रह्माकुमारी यमुनाले जानकारी दिइन् ।
सकारात्मक चिन्तन, उत्प्रेरणा लगायत विषयमा डेढ दशकदेखि प्रशिक्षण दिँदै आएका खड्का केन्द्रका सचिव हुन् ।
शिव बाबाको आदर्शबाट प्रभावित स्व. खड्का आफ्नो प्राविधिक जीवन त्यागेर राजयोग सेवा केन्द्रमा आवद्ध भएर आफ्नो जीवन समपर्ण गरेका थिए । उनको पार्थिव शरीरलाई बिहीबार दमौलीमा अन्तिम श्रद्धाञ्जली पछि अन्त्येष्टि गरिदैछ ।
प्रशिक्षक खड्काको अन्त्यष्टी आज
previous post