विशेषसम्वाददाता
अहिले आन्दोलनको मौसम चलेको छ । वायुमण्डलीय तापक्रमसंगै नेपाली राजनीतिको तापक्रम पनि बढेको छ । मुलुकमा गणतन्त्र आएको आज १८ बर्ष लाग्यो । मुलुकमा राजनीतिक द्वन्द बढेको छ । एक थरी राजनीतिक शक्ति ११ बजेदेखि २ बजेसम्म काठमाण्डौ कब्जा गरेर १८औं गणतन्त्र दिवस मनाउने तामधाम गरेका छन् । अर्काथरीले यो गणतन्त्रले मुलुकको स्वाधिनता स्वाभिमान र आर्थिक अवस्था शंकटमा परेको भन्दै आजैबाट यो गणतन्त्र फाल्नका लागि अनिश्चितकालिन आन्दोलनको उद्घोष गरेका छन् ।
राजा महेन्द्रले नौ बर्षको कार्यकालमा नेपालको बृहत्तर विकास गरेको र विश्वसमुदायमा नेपाली स्वाभिमान सम्मानपूर्ण स्थापित गराएको देखे जाने बुझेका र पढेको नेपालीजनमा राजाविहनी १७ बर्षको शासनाधिकारको समय पाउँदा पनि यी राजनीतिक दलले केही गरेनन् । उल्टै भष्ट्राचारका काण्डैकाण्ड मच्चाएर लोकतन्त्रलाइ लुटतन्त्रमा परिणत गराए भन्ने जनविश्वास स्थापित गराए । औषधी खरिद गर्दा, विमानस्थल बनाउँदा, भिउ टाउर बनाउँदा अर्थात जे गर्दा पनि देशको आवश्यकताले भन्दा पनि के काम गर्दा कति धेरै कमिशन आउँछ भनेर योजनाबद्ध नीतिगत भ्रष्टाचार गर्न थाले । सार्वजनिक र सरकारी जग्गा देख्नै नहुने भयो । स्वदेशी उद्योगधन्दा कलकारखाना पनि कमिशन खाएर अस्तित्व नै समाप्त पार्ने गरी निजीकरण गरे । २०४६ सालदेखि २०८२ सम्मको राजनीतिक गतिविधि देखे जाने बुझेका र पढेका नेपाली जनताले गणतन्त्र भन्दा राजतन्त्र ठीक भन्ने मानसिकता बनाउन थाले । घरखेत गरेर विदेशीएका लुटिएका नेपाली जनता र तिनका परिवार समेत यो गणतन्त्रको विरुद्धमा खरो रुपमा उभिएको छ । गणतन्त्रले मारेका पाँच हजार वा त्यो भन्दा बढी संख्याका परिवार गणतन्त्र विरुद्धमा उत्रे । काठमाण्डौका ठूला घर सबै बाँडिन्छ भनेर सर्वाहाराको सरकार ल्याउन बलिदान दिने अभियानमा मारिएका र बेपत्ता भएकाको परिवार पनि अहिले गणतन्त्रको विरुद्धमा उत्रेको देखिन्छ ।
यता राजावादीहरुले आव्हान गरेको आन्दोलन पनि निराशाजनक छ । शासकीय संस्कार र प्रबृत्ती परिवर्तन गर्ने सोंच त्याग र समर्पण त्यो जनउभारको नेतृत्वमा पनि पाइदैन । २००७, २०४६ र २०६३ मा भएका राजनीतिक परिवर्तनहरु देशको स्वार्थमा प्रयोग भएको इतिहास निर्माण हुन नसक्ने अवस्थामा रह्यो । २००७ सालको आन्दोलनले राणा शासन फालेको भने पनि कोशी, गण्डक सम्झौता, नेपाली सीमानामा भारतीय चेक पोष्टले नेपाली स्वाभिमान गिरेको सन्देश गएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनले टनकपुर, महाकाली सम्झौतामा देश ठग्न सफल भयो । साथसाथै अर्थविधेयकका रुपमा संसद प्रवेश गरेको नागरिकता विधेयक असफल हुँदा २०५२ सालबाट नेपालमा सशस्त्र विद्रोह लुटपाट हत्याहिंसा तोडफोड विष्फोट आगजनीको राजनीति १०/११ बर्ष चल्यो । त्यो विद्रोह फगत युरोपियन युनियनको नेपाली संस्कार मौलिकता र पहिचानमा प्रहार गर्न, भारतको नागरिकलाई नगरिकता, सिमाना अतिक्रमण र नेपाली अर्थतन्त्र नियन्त्रण गर्न सक्ने स्वार्थमा प्रयोग भयो । २०६३ मा बृहत शान्ति सम्झौता हुनुभन्दा अगाडी झण्डै ४० लाख गैरनेपाली नागरिकलाई नागरिकता प्रदान गर्नमा प्रयोग भएर मात्रै बृहत शान्तिसम्झौता सम्पन्न भयो । त्यतिले नपुेर राष्ट्रपति पद र किर्ते हस्ताक्षरको सौदाबाजीसम्मको नियती यो गणतन्त्रले नेपाली जनतालाइ भोगायो ।
चौथो पटक आजबाट अर्थात २०८२ जेठ १५ बाट गणतन्त्र फाल्ने अनिश्चित कालिन आन्दोलन प्रारम्भ भएको छ । यो आन्दोलनको उद्घोष गर्न आयोजित पत्रकार सम्मेलनमा आन्दोलनको आव्हान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले कु गर्ने राजा ल्याउन खोजेको होइन भनेछन् । त्यसैगरी अर्का भरोसा लाग्दा व्यक्ति जगमान गुरुङले हृदयन्द्रलाइ राजा बनाउने भनेछन् । यी भनाइले शासकहरुको नीतिगत भ्रष्टाचार गर्ने, नेपाली जनता उद्योगी व्यवसायीलाइ नेपालमा टिक्नै नसक्ने गरी दोहन गर्ने लुट्ने, आत्मदाह गर्न विवस पार्ने सस्कार र प्रबृत्तिमा समूल अन्त्य गर्ने विश्वास जगाउन सकेनन् । ज्ञानेन्द्र वा हृदयन्द्रलाइ राजा बनाउनका लागि भएको आन्दोलन पनि चौथो राष्ट्रघात हुनेछ । विदेशीले फाल्दा फालिने र ल्याउँदा आउने राजतन्त्रले देश र जनताको लागि केही गर्न
सक्दैन । विदेशीले कसलाइ गोटी बनाउन सजिलो हुन्छ त्यसैलाइ प्रयोग गरेको श्रृङ्खलाको निरन्तरता भएको मात्रै सन्देश जानेछ ।
मुलुकमा राजनीतिक परिवर्तन आवश्यक छ । त्यो परिवर्तन पात्र परिवर्तनका लागि होइन देश लुट्ने राजनीतिक संस्कार र प्रबृत्ति परिवर्तनका लागि हुनु पर्दछ । त्यो परिवर्तन विदेशी समन्वय मध्यस्थता वा स्वार्थमा हुनुहुँदैन । नेपालका राजनीतिक शक्तिहरु देशभित्रै बसेर सत्ताका लागि कसैसंग घुँडा नटेक्ने बरु राजनीति सक्रियताबाट बाहिर बसेर पर्ख र हेरको अवस्थामा बस्ने संस्कार र प्रबृत्ति सत्ताको लागि जस्तो सम्झौता पनि गर्ने पुष्पकमल दाहाल, शेरबहादुर देउवा र खड्गप्रसाद ओलीले पूर्व राजा ज्ञानेन्द्रबाट अनुकरण गरेर अब देश र जनताको विश्वास र भरोसा जगाउने राजनीतिक परिवर्तन चाहियो । नेपाली युवा विदेशीन नपर्ने स्वदेशमै रमाउन सक्ने पाउने राजनीतिक सामाजिक र आर्थिक वातावरण निर्माण गर्न मुलुकप्रति इमानदार देश भक्त र जनउत्तरदायी राजनीतिक शक्तिको पहिचान निर्माण गर्ने बेला हो यो ।
प्रयोग नभइ राष्ट्रिय स्वार्थका लागि बलीदान गरौं पात्र परिवर्तन होइन संस्कार र प्रबृत्ति परिवर्तन गरौं
previous post