दमौली/दमौली पाटन महोत्सव एकदिन लम्बीने सम्भावना रहेको छ । दर्शक चापका कारण महोत्सव १ दिन थप गर्ने तयारी भइरहेको दमौली पाटन महोत्सवको आयोजक समितिले बताएको छ ।
अमुल्य भाषा संस्कृतीको संरक्षण गरौं, भाषा संस्कृतीको जगेर्ना गर्दैै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ दमौलीको पाटनमा भइरहेको पाटन महोत्सव पुस ३ गते समापन गर्ने कार्यक्रम भएतापनि दर्शक चापका कारण पुस ४ गते समापन गर्ने सम्भावना रहेको छ ।
महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता भएको र राम्रो आर्थिक कारोबार भएका कारण आफुहरु उत्साहि भएको आयोजक पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए ।
मादी नदी वरपर डुंगाको सयर, बोटेहरुले निर्माण गरेको बाँसको अस्थायी पुल, आदिवासी बोटे जातिको आकर्षक घर, पराशर माविका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामग्री लगायतका विभिन्न स्थानीय आकर्षण रहेको महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतिले दर्शकको मन लोभ्याएको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । साथै, कपडा, होटल, जुत्ता, ढाका, च्याउका स्टलहरुमा दर्शकको आकर्षण उल्लेख्य उपस्थीति रहेको उनले बताए ।
शुरुवातदेखि नै राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतिले तताइरहेको दमौली पाटन महोत्सवमा आज चर्चित गायिका प्रिति आले प्रमुख आकर्षणको रुपमा रहने आयोजक पाटन युवा क्लबले जनाएको छ ।
साथै, स्थानीय कलाकारहरु केशरबहादुर अधिकारी, सुवाष गुरुङ, रमाकान्त ढुंगाना, सावित्री हड्खले लगायतका कलाकारहरुले आ आफ्नो प्रस्तुति पस्किनेछन् ।
पाटन महोत्सव एकदिन लम्बिने सम्भावना
previous post