दमौली/नेपाल पत्रकार महासंघको २७ औं अधिवेशनमा पनि सरकारी गठबन्धनको प्रभाव देखिएको छ । अघिल्ला गठबन्धन पनि यस्तै सैद्धान्तिक विचलनको गठबन्धन नेपाली काँग्रेस र माओवादी प्रचण्ड समूहका पत्रकार बीच देखिएको थियो । यस पटक फेरी नेपाली काँग्रेस र एमाले समर्थित पत्रकारहरु बीच पनि सैद्धान्तिक विचलनको गठबन्धन दोहोरिएको छ । यो पटक पटकको सैद्धान्तिक विचलनको गठबन्धनको निर्वाचनले बहुलबादको उपेक्षा गरेको पुष्टि गरेको छ । त्यतिमात्रै होइन नेपाली काँग्रेस, एमाले र माओवादी समेतका नेता कार्यकर्ता, भातृसंस्था, शुभेच्छुक संस्थाहरुले निर्दलियताको आव्हान गरेको पटक पटकको सिद्धान्तच्यूत चुनावी गठबन्धनबाट पुष्टि हुन्छ ।
सैद्धान्तिक निष्ठा भएका पत्रकार नारायण खड्काले दलीय भागबण्डामा भएको असैद्धान्तिक गठबन्धन विरुद्धमा विद्रोह गरेर नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । अर्को पटक चुनाव नलड्ने प्रतिबद्धता जाहेर गर्दै मनोनयन दर्ता गरेका नारायण खड्काले तनहुँ आवाजसंगको कुराकानीमा कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन् । खड्काको प्रस्तावक र समर्थकलाइ हेर्दा प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संघ लगाएत चौतारी बाहेकका प्रगतिशिल पत्रकारहरुको समर्थन पाउने आश खड्काको रहेको छ । त्यसैगरी महासंघको सदस्य रहेका चौतारीबाट अघोषित विद्रोह गर्ने पत्रकारहरु, युनियनबाट अघोषित विद्रोह गर्ने पत्रकारहरुको पनि समर्थन पाउने विश्वास नारायण खड्काले लिएका छन् । आफ्नो स्वाभिमानलाइ पटक पटक घाइते बनाएको कारण यस पटक पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा परेको आफ्नो उम्मेदवारी कुनै पनि कष्टमा फिर्ता नहुने खड्काले बताए ।
नेपाल प्रेस युनियन र चौतारीका साझा उम्मेदवारका रुपमा रहेका धनपति अधिकारी (डिपि) लाइ पराजित गर्न खड्काका लागि फलामको च्यूरा चपाउनु सरह छ । त्यसैगरी उपाध्यक्षमा प्रताप राना, सचिवमा कृष्णचन्द्र न्यौपाने, सहसचिवमा ऋषिकान्त दुवाडीको विजय सुनिश्चित जस्तै छ । नारायण खड्का प्यानलमा देखिएका उपाध्यक्षका उम्मेदवार सानेबहादुर नेपाली, सचिवमा अस्मिता खनाल, सहसचिवमा विनोद ढुङ्गानाले पनि चुनावी रणनीतिमा मेहनत गरे मात्रै विजय हासिल गर्न सक्ने अवस्था देखिन्छ ।
पत्रकार महासंघको अधिवेशनमा नेतृत्व तहबाटै घातअन्तरघातको श्रृङ्खला दोहोरिइ रहेको हुँदा मतदातालाइ आन्तरिक विद्रोह गरेर विद्रोही उम्मेदवारलाई मतदान गर्न मार्ग प्रसस्त भएको बुझाईले पनि विद्रोही उम्मेदवार बन्न तनहुँको हकमा उत्प्रेरित गरेको विगतले बताउँछ । विद्रोह गरेर मतदान गरेको अवस्थामा मात्र सदस्यका उम्मेदवार अशोक विश्वकर्माले पत्रकार महासंघ तनहूँ शाखाको सदस्यको निर्वाचनमा विजयी हासिल गर्न सक्नेछन् । विगतको जस्तो अन्तरघात दोहोरिएन भने राजेश्वर हड्खले, उपेन्द्र खनाल, विष्णु गौतम, विकाश खनालको विजय सुनिश्चित भएको छ । अर्थात निर्वाचन प्रबन्ध समितिले दिएको नाम फिर्ता लिने समयभित्रमा कुनै उम्मेदवारले फिर्ता लिएमा सर्वसम्मत हुनेको संख्या बढ्न सक्ने अवस्था पनि बाँकी नै छ ।
महासंघ तनहूँ शाखाको महिला उपाध्यक्षमा एक मात्र उम्मेदवार सम्झना रसाईली र कोषाध्यक्षको एक मात्र उम्मेदवार पूर्ण वि.के सर्वसम्मत भएको अवस्था छ । त्यसैगरी समावेशी सहसचिवमा पनि एक मात्र उम्मेदवारी परेको हुँदा किरण श्रेष्ठ सर्वसम्मत भएको अवस्था छ । महिला सदस्यमा सुनिता आचार्य, दलित सदस्यमा मुना कालिराज वि.के, आदीवासी जनजाती सदस्यमा चित्र गुरुङ्ग, अन्य सदस्यमा रामशरण नेपाली सर्वसम्मत निर्वाचन हुने उम्मेदवारको अन्तिम नामावलीबाट देखाएको छ । संघीय परिषद सदस्यमा प्रदीप काफ्ले र राजकुमार श्रेष्ठ विवि र प्रादेशीक परिषद सदस्यमा शंकरराज नहर्कि, मिला दरै र सुनिता थापा सर्वसम्मत विजय घोषणा हुने अवस्था छ ।
राज्यको चौथो अंगको रुपमा मान्यता पाएको पत्रकार जगतमा राजनीतिक समिकरणका आधारमा चुनावी गठबन्धन बन्नुलाई आमनागरिक समाजले अस्वभाविक रुपमा लिएको जानकारहरु बताउँछन् ।