दमौली/साँङ्गहरुले जस्तै अवसर पाए भने अपाङ्गहरुले पनि गर्न सक्दछन् भन्ने भनाईलाई पुष्टि गर्दै नेत्रहीन संघ तनहूँले एउटा संस्थागत भौतिक विस्तारको उद्देश्य राखेर बुधबार पुस १८ गतेदेखि महायज्ञको शुभारम्भ गरेको छ । सात दिनसम्मको सप्ताहको कार्यक्रम पुसको २६ गतसम्म दमौलीको खुला चौरमा रहने आयोजकले बताएको छ ।
नेत्रहीन संघले आफ्नो कार्यक्रममा सबैको सहयोगको अपेक्षा राख्दै उच्च सम्मानका साथ आमन्त्रण गरेको थियो ।
पूर्व मन्त्री आशा कोईरालाले उद्घाटन गर्नुभएको सो महायज्ञमा नेपाली काँग्रेसका उपभापति देवकुमार श्रेष्ठ नेकपा एमालेका राजेश्वर ढकाल सहित विभिन्न राजनीतिक दलहरुको तर्फबाट शुभकामना मन्तब्य ज्ञापन गरिएको थियो । सो कार्यक्रममा अपाङ्ग महासंघका अध्यक्ष समेतको शुभकमना व्यक्त गर्नुभएको थियो ।
तनहूँ जिल्ला व्यास पाटन निवासी केवी गुरुङले चार आना जग्गा दिएपछि नेत्रहिन संघले सो जग्गामा नेत्रहीनहरुका लागि लक्षित सीममूलक तालिम सञ्चालन गर्न सकिने र कार्यालय संचालन गर्न पनि सकिने खालको भवन निर्माण गर्ने मूल उद्देश्य राखेर महायज्ञ आब्हान गरेको संघका अध्यक्ष चीनबहादुर कुमालले बताउनु भयो ।
श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह महायज्ञ महायज्ञमा पण्डित परशुराम काफ्लेले कथा वाचन शुभारम्भ भएको छ । यो बाचन कार्यक्रम निरन्तर सात दिनसम्म रहनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन मदन पौडेलले गर्नुभएको थियो ।
नेत्रहीन संघले शुरु गर्यो महायज्ञ
previous post