
देशको आर्थिक विकास, संम्वृद्धि, राजनैतिक स्थायित्व, विकासका लागि आधारस्तम्भ हो । जब देशमा राजनैतिक अस्थीरता बढ्दछ तब विकासको बाटो अबरुद्ध हुन्छ । संसारको विभिन्न देशको विकासको मार्गलाई अबरुद्ध पार्ने प्रमुख समस्या नै राजनैतिक भष्ट्राचार हो । जब राजनैतिक भ्रष्ट्राचार मौलाउन थाल्दछ । सत्तास्वार्थबाट अभिप्रेरित राजनितिले जनताको मनोबल गिराउन थाल्दछ । वर्तमान समयमा नेपाली राजनितिको आकासमा अन्योल र अस्थीरताका बादल मडारिरहेको छ । विकास गर्न राष्ट्रिय सहमति र युवाहरुको आफ्नो देश आफैँ बताउन पर्दछ भन्ने दृढइच्छालाई उच्च स्थानमा राखिनु पर्दछ । यसको लागि मेरो पार्टी, मेरो नेता भन्दा माथी उठेर म र मेरो समाज, हामी र हाम्रो जनताको जीवनस्तर कहाँ छ भन्ने खोजी–विकास अभियानलाई निरन्तरता दिनु पर्दछ । नेपालको सम्दर्भमा विश्लेषण गरी नियालेर हेर्दा अब देशभित्र रहेका दलका बीचमा बेमेल, सत्ताको लागि छिनाझप्टि भएको कारण अर्थतन्त्रमा खासै प्रगति भएको छैन । देशबाट दैनिकजसो ४–५ हजार युवाहरु विदेशीएको अवस्था छ । उत्पादनमुखी कलकारखाना, उद्योगधन्दाहरु छैनन् । केवल स्थानिय निकाय, सरकारी कार्यालयमा मात्र केहि सिमित व्यक्तिका लागि रोजगारी करारमा राखिन्छ स्थायित्व छैन । अस्थायी रोजगारीमा युवा बस्न चाहेका
छैनन् । विदेशको डकुमेन्ट नमिल्दासम्म सो नमिल्दासम्म सो नोकरीमा बस्दछन् । त्यसपछि जब अबसर आउँदछ छोडेर बिदेश तर्फ लाग्दछन् ।
जब जब बर्तमान समयमा अशान्ति, अस्थिरता सुरुवात हुँदै आयो–जनताले नयाँ विकल्पको खोजी गरिरहेका
छन् । भ्रष्ट्राचार नियन्त्रण, शुशासन, रोजगारी, शान्ति, स्थीरता, द्रुतविकास, गाउँ गाउँमा रोजगारी, प्रत्येक घर–घरमा सम्बृद्धिको खोजी गरिरहेको अवस्थामा निरासाको कालोबादल मडारीईरहेको छ । राष्ट्रवादी र विकासवादी सोँच भएका युवाहरु युद्धको मैदानमा उत्रिएका छन् । सरकार भ्रष्ट्राचार, कमिसनको खेलमा रमाइरहेको छ । युवाजमात आफ्नो देशको विकासमा लालयित छन् । राजनीतिलाई आफ्नो बाटोबाट हिडाउनको सट्टा दलहरु बीचमा फुटको खेल, गाली गलौचको अवस्था सृजना भएको छ । सहभागितात्मक विकास अभियान जनताले चाहेका छन् । सत्ताको उन्मादमा देशको विकासको मार्गमा पूनः अबरोध सृजना भएको छ ।
समाजमा शोषणबाट अधिकांस श्रमिकहरुको जीवन निरासा, कृष्टप्रह, संघर्षपूर्ण रहेको छ । जसबाट युवा जमातमा शक्ति, जोश, जाँगर, लगनसिलता माथी नकारात्मक असर परेको छ । समाजको इतिहासलाई उत्पादन प्रणालीको प्रक्रियाबाट विश्लेषण गर्नु पर्दछ । समाज परिवर्तन एउटा समय स्थानमा मात्र होइन, यो सर्वत्र र सर्वव्यापी छ । जुनसुकै समयमा भइरहन्छ । परिवर्तन चेतनासिल प्रक्रिया हो । सो अनुरुपका क्रियाकलापहरु प्रत्येक समाजमा बस्ने मानिसहरुले गरिरहेका हुन्छन् । नेपालको ग्रामिण अर्थव्यवस्थामा व्यापक दरिद्रता र आर्थिक असमानता
छन् । स्थानिय निकायका योजनामा गरिबको आय बढाउने, बेरोजगारी हटाउने, आम्दानीको असमानता हटाउने उपायहरु अबलम्बन गरिनु पर्दछ । स्थानिय निकायमा लगानीको पूँजि सिमित हुने तर गर्नुपर्ने काम धेरै हुन्छन् । प्रभावशाली व्यक्तिबाट बनाइएका योजनाले उत्पादनका साधनको सर्वोत्तम प्रयोग गर्ने, दुरुपयोग नगर्ने र उच्चतम प्रतिफल दिने क्षेत्रमा लगानी बढाउने कार्यलाई प्राथमिकताको सूचिमा राख्नु पर्दछ । यसको लागि योजनाको प्राथमिकता र लक्षहरु पूर्व निर्धारण कुशल योजनाविदले निक्र्यौल गर्दछन् । जसमा सिमित साधनलाई असिमित काममा न्यायोचित रुपमा बाँडफाँड गरिन्छ । सन्तुलीत क्षेत्रीय विकास जस्तै कृषि, उद्योग, यातायात, सञ्चार, शिक्षा, खानेपानी, रोजगारी सृजना, बिद्युत विस्तारिकरण जस्ता सबै क्षेत्रमा विकास गर्ने कार्यक्रमहरु सुचिकृत गरेर राखिनु पर्दछ । दिर्घकालिन विकासको लागि अरुमा भरपर्ने प्रवृत्ति राम्रो हुँदैन तसर्थ स्थानिय निकायले कृषि र उद्योगको द्रुत्तत्तर विकास गर्ने र आत्मनिर्भर अर्थतन्त्र सृजना गर्ने उद्देश्य राख्नु श्रेयकर हुन्छ । स्थानिय निकायका विभिन्न वार्डहरुको आर्थिक कृयाकलापलाई विश्लेषण गरि हेर्दा स्थानिय जनताको आम्दानी, बचत र लगानी न्यून छ । यस्तो अवस्थामा गरिबिको कुचक्र घुमिरहेको हुन्छ । यस्तोबाट छुटकारा दिलाउन अत्यन्तै राम्रो आर्थिक योजना अपरिहार्य छ । जसबाट द्रुत्तत्तर विकास सम्भव छ । अशिक्षित र अज्ञानी जनता विकासको बाधक हुन् । जनताको सोचाइमा परिवर्तन नभएसम्म स्थानिय अर्थव्यवस्थामा आर्थिक विकास सम्भव छैन । यसैले स्थानिय निकायमा राम्रो योजनाको ठूलो महत्व छ । त्यसैले भन्ने गरिन्छ सबै आर्थिक रोगहरु निको पार्दै औषधी आर्थिक योजना
(Economic Planning) लाई नै मानिन्छ । त्यसैले अर्थशास्त्री भन्दछन्– विवाद ‘योजना’ अगाँल्ने कि नअँगाल्ने भन्ने बीचमा छैन, बरु विवाद त विभिन्न किसिमका योजना एकैसाथ कसरी लैजाने भन्नेमा छ । The issue is not between a plan and no plan. But it is between different kinds of plan to be adopted । यसरी एकिकृत आर्थिक विकासका योजना अर्थशास्त्रीबाट स्थानिय अर्थव्यवस्था बनाई लागु गर्न सकियो र भ्रष्ट्राचारलाई निर्मुलन गरियो भने दिगोविकास (Sustainable Development) जनताको घर आँगनमा देख्न सकिन्छ ।
जनताको आवाजलाई सम्बोधन गर्न सक्ने बिज्ञ व्यक्तिको राजनैतिक नेतृत्व स्थानिय निकायमा खोजी भैरहेको अवस्थामा आगामी २०८४ को निर्वाचन युवा एकता आजको आवश्यकता भन्नेले सार्थकता प्राप्त गर्न सक्यो भने देशको अनुहार बदलीन सक्दछ । युवाहरुको आह्वानलाई सार्थकता दिन सबै गोलबद्ध भइदिन विवेकशिल नागरिक खम्बाभएर उभिइदिन जरुरी छ ।