दमौली/तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ ।
नेता माधवकुमार नेपालको नेतृत्वमा रहेको उक्त पार्टीको स्थायी समिति बैठकले सुदुरपश्चिम बाहेकका ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ ।
पार्टीले गठन गरको सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् । यसैगरी प्रदेश इन्चार्जहरुमा प्रदेश घनेन्द्र बस्नेत प्रदेश १, धर्मनाथ साह प्रदेश २, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला तोकिएका छन् । महत्वपूर्ण मानिने यि दुवै पार्टी संरचनामा महिला सहभागिता भने छैन जबकी संविधानले नै पार्टीका हरेक समितिहरुमा महिलाको ३३ प्रतिशत सहाभागिता सूनिश्चित गरिएको छ ।
त्यस्तै सो पार्टीले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वमा १३ सदस्य रहेको दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । यसका सदस्यहरुमा क्रमशः डा. बेदुराम भुसाल,प्रमेश हमाल,राजेन्द्र पाण्डे,गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला,जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ,सावित्रा भुसाल,रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन् । दस्तावेज मस्यौदा समितिमा भने सावित्रा भुसाल र रामकुमारी झाँक्रीले स्थान पाएका छन् ।
नेपालको कान्छो दल नेकपा( एस) ले आफुलाई क्रान्तिकारी धारको भने पनि समावेशी सहभागिताको हकमा भने इमान्दार देखाउन सकेको छैन । भदौं पहिलो साता जन्मेर सोही ९ मा निर्वाचन आयोगबाट मान्यता पाएको उक्त दलको अध्यक्ष माधव नेपाल, खनाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ सम्मिलित पाँच सदस्यीय स्थायी समिति बनेको छ । तर उक्त समितिमा समेत महिला सहभागिता नहुनुले यो दलका नेताहरु पनि आफ्नो कुरामा इमान्दार नभएको देखाएको छ । दलका नेताहरु भाषण गर्नेबेला आफुलाई अरुभन्दा अब्बल भन्ने तर कार्यान्वयको बेला फेरी उही पूरातन प्रवृत्ति दोहो¥याउने गरेको देखिनु समावेशी समतामूलक समाज निर्माणका लागि सुखद होइन् ।
नेकपा (एस)को जिम्मेबारी बाँडफाँड
previous post