दमौली/प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रर्यवेक्षण गर्नका लागि तनहुँ जिल्लाको १० पालिकामा खटिने पर्यवेक्षकहरुलाई सोमबार प्रशिक्षण दिएको छ । पर्यवेक्षकका रुपमा खटिने गरी छनौट भएका ११ जना पर्यवेक्षकहरुलाई राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) जिल्ला शाखा तनहुँले प्रशिक्षण दिएको नियोगका तनहूँ अध्यक्ष प्रकाशचन्द्र भट्टराईले तनहुँ आवाजलाई बताए ।

प्रशिक्षण कार्यक्रमको जिल्ला निर्वाचन कार्यालय तनहुँका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले उद्घाटन गरे । उद्घाटन मन्तब्य राख्दै जिल्ला निर्वाचन अधिकारी लम्सालले पर्यवेक्षकहरुले आफुलाई प्राप्त जिम्मेबारी निश्पक्ष र तटथस्त रुपमा निर्वाह गर्न निर्देशन दिएका थिए । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न भयो भएन भनेर निश्पक्ष र तटस्थ पर्यवेक्षण हुँदा मात्रै पर्यवेक्षणको महत्व र सान्दर्भिकता पुष्टि हुनेतर्फ आयोजक र पर्यवेक्षकहरुलाई ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति जिल्ला शाखा तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यतामा सो प्रशिक्षण भएको थियो ।
पालिका पालिका खटिने पर्यवेक्षहरुलाई नियोगकी केन्द्रीय सदस्य सोनी शर्मा, तनहुँ अध्यक्ष प्रकाशचन्द्र भट्टराई र सचिव पुर्णबहादुर विकेले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पर्यवेक्षणको लागि स्विकृत पाएका पर्यवेक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालक नियोक तनहुँका सचिव पुर्णबहादुर विकेले गरेका थिए ।
