यो वर्षको नारी दिवस अथवा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा र संसारभर भोली मनाईदै छ । हरेक वर्ष मार्च ८ मा मनाइने यो दिवस सन् १९११ मा पहिलो पटक आट्रिया, जर्मनी, डेनमार्क र स्वीमरल्याण्डमा मनाइएको थियो । यो वर्ष यो दिवस मनाउन थालेको ११३ वर्ष पूरा भएर ११४ वर्ष लाग्दैछ ।
अन्तर्राष्ट्रिय नारी दिवस वा श्रमिक महिला दिवसको कुरा गर्दा सन् १९०८ मा न्युयोर्क शहरमा त्यहाँका १५ हजारभन्दा बढी श्रमिक महिलाले गरेको प्रदर्शन सम्म पुग्नुपर्ने हुन्छ । कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफुहरुलाई मतदानको अधिकार दिन भन्दै गरिएको प्रदर्शनले श्रमिक महिला दिवसको बीजारोपण गरेको थियो । ‘समान कामकालागि समान ज्याला’ मूल नारा सहित सुरु भएको आन्दोलनको आयाम अहिले फराकिलो बन्दै गएको छ । अर्थात नारी दिवस आजभोली काम घण्टा छोट्याउनें, पुरुष समान ज्याला माग्ने अनि मतदानको अधिकार माग्ने कुरामा मात्र सिमित छैन । महिलामाथी हुने दुव्र्यवहार, होचो–अर्घेलो विरुद्ध एकमत भएर आवाज मुखरित गर्ने अवसरको रुपमा आधुनिक महिलाले यो दिनलाई उपयोग गर्न थालेका छन् ।
श्रमिक महिलाको प्रदर्शनको सम्मान गर्दै सन् १९०९ मा द सोसलिस्ट पार्टी अफ अमेरिकाले नारी दिवस घोषणा ग¥यो । तर औपचारिक रुपमा दिवस मनाउन अझ २ वर्ष कुर्नु प¥यो । यसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन र संसारभरका महिलाले आफुमाथी हुने दुव्र्यवहार, शोषण तथा उत्पिडन विरुद्ध आवाज उठाउने अवसरको रुपमा उपयोग गर्न सुझाउने श्रय भने महिला अधिकारवादी क्लारा जेटकिनलाई जान्छ । जेटकिनले सन् १९१० मा कोपनहेगनमा सम्पन्न ‘कन्फरेन्स अफ वर्किङ अुमेन’ सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन प्रस्ताव गरेकी थिइन् । १७ देशका १०० महिला सहभागी कोपनहेगन सम्मेलनले जेट्किनको प्रस्तावलाई सर्वसम्मत पारित गरेको थियो । यसैको परिणाम सन् १९११ मा पहिलो पटक मार्च ८ मा महिला दिवस मनाइयो । यहापी यसको ६४ वर्षपछि मात्र संयुक्त राष्ट्रसंघले सन् १९७५ मा ‘विगतलाई उत्सवको रुपमा मनाउने र भविष्यको योजना बनाउने’ नारा सहित अन्तर्राष्ट्रिय दिवसको रुपमा नारी दिवस मनाउन प्रारम्भ गरेको हो ।
विश्व समुदायमा महिलामाथी हुने असमान व्यवहारबारे आम महिलालाई जनकारी गराउँदै सचेत हुन, महिलाहरु समाजमा अघि बढ्न सहज हुने बाटाहरू पहिल्याउन, निर्णय प्रक्रिया तथा नीति निर्माण प्रक्रियामा हस्तक्षपकारी भूमिकामा महिलालाई पु¥याउन यो दिवसलाई उपयोग गर्नु आजको आवश्यकता हो । नेपालको राजनीति कै कुरा गर्ने हो भने महिलाहरुले योगदान अनुरुप भूमिका नपाएका प्रसस्त उदाहरण छन् । राजनैतिक आन्दोलनहरुमा अग्रभागमा रहेर परिवर्तनको आवाज बुलन्द गर्ने उनीहरु कार्यकारी भुमिकामा जानेबेला प्रायः पछि पारिन्छन् । नारी–पुरुष बराबरीको नारा जति चर्को स्वरले उराले पनि दलहरु निर्वाचनमा उम्मेदवार बनाउने बेला पुरुष तिरै ढल्कन्छन् । कानुनी वाध्यता भएको बाहेक त्यस्तो अवसर महिलाले विरलै पाउँछन् । ‘जनसंख्यामा महिला अघि पुरुष पछि, चुनावी राजनीतिमा पुरुष अघि महिला पछि’ ठ्याक्कै उल्टो छैन त ?
यो वही विश्वव्यापि रुपमा संयुक्त राष्ट्र संघले निर्धारण गरेको ‘क्ष्लखभकत ष्ल धयmभलस् ब्अअभभिचबतभ उचयनचभकक’ भन्ने नाराका साथ नारी दिवस अर्थात अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै छ । नेपालमा यो दिवस ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ मनाइदै छ । अन्तर्राष्ट्रिय नाराले लैङिक समानताको महत्व, बालिका र महिलाको सशक्तिकरण र उनीहरुले स्वस्थ भएर बाँच्न पाउने अधिकारको पैरवी गरेको छ । महिला माथिको लगानी चाहे त्यो उसको राम्रो स्वास्थ्यका लागि होस्, चाहे उचित शिक्षाका लागि वा अन्य कुनैपनि काममा यसले महिला स्वयम्को समुन्नतीको मार्ग त खुल्छ नै परिवार, समाज र देश नै समुन्नतीको मार्ग उन्मूख हुन्छ । महिलाको शिक्षामा गरिने लगानीले परिवार समाज र समग्र विश्व समुदायलाई शिक्षित हुन मद्दत गर्छ । हाम्रो राष्ट्रिय नाराले पनि महिला माथिको लगानीले समाज सभ्य र समुन्नत हुनेकुरा आत्मसाथ गरेको छ । तर अर्काको घर जाने जात भनेर बालिकामा लगानी गर्न पछाडी रहने अवस्था अझै कायमै छ ।
महिलाहरु शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना, धार्मीक, सांस्कृतिक अधिकारबाट अझै वञ्चित रहेको पाईन्छ । नेपाल र विश्व समुदायले महिलालाई आरक्षणको व्यवस्था गरेर भएपनि अगाडी बढ्ने अवसर जुटाउँदै गएको छ ।
तर महिलामाथि हुने विभेद अपेक्षा गरेजस्तो घटेको छैन । महिलाहलाइ तुच्छ देखाउन ‘चुरा लाउनेले, कुरा लाउँछन् “आइमाइको रुद्रघण्टी हुँदैन जस्ता उरखान अझै प्रचलित छन् । साढे ६ दशक अगाडीसम्म नेपाली महिलालाई मतदानको अधिकार थिएन । त्यसको केही वर्ष अगाडीसम्म सती प्रथा कायम थियो । यस्तो विभेद अहिले छैन तर वोक्सीको नाममा मलमुत्र खुवाइने र कुटपिटको शिकारहुने महिला नै हुन् र त्यो अझै कायम छ । महिला राष्ट्र प्रमुख, विधायिकाको प्रमुख र न्याय पालिकाको प्रमुख भैसके अनि समान कामका लागि समान ज्यालाकोलागि आन्दोलन प्रारम्भ भएको शताब्दी नाघिसक्यो तर ज्यालाया असमानता देखिका अनेकौं विभेद ज्यूँका त्यूँ छ । एउटी महिला पुरुष संगै बेल्चा चलाउँछे, सिमेन्ट घोल्छे, इट्टा÷ बालुवा बोक्छे, गाह्रो लगाउँछे तर ज्याला पाउनेबेला पुरुषले भन्दा कम पाउँदै । हामी र हाम्रो समुदायलाई कतिपय अवस्थामा नारी अनावश्यक भारी लागेको भान हुन्छ । त्यसैले त कन्यादन गरिन्छ । नभए आफुले जन्माए हुर्काएकी छोरीको दान किन ?
तर नारी; भारी भन्ने सोच गलत छ । अहिलेको नाराले भनेजस्तो नारीमा लगानी गरौं । विभेद हटाऔं’ र हेरौ त नारी, भारी होइन्, समुन्नतिका आधार बन्नेछन् । सभ्य समाजको निर्माण हुनेछ ।
नारीः होइनन् भारी
previous post