दमौली/नवौं तनहुँ महोत्सव आज विहिबारबाट दमौलीको बी पी बन बाटिकामा शुभारम्भ हुँदैछ । नवौं तनहूँ महोत्सव एवं कृषि पर्यटन वस्तु तथा प्रविधि प्रदर्शनीको उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंले आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो दिनको सांगितिक प्रस्तुतीलाइ कलाकार शोभा त्रिपाठी, तिला थापा र कृष्ण सुवेदीले गुञ्जायमान तुल्याउने राष्ट्रिय कलाकार संयोजक महेश मल्लले बताए ।
उद्घाटनको अघिल्लो दिनमा महोत्सवको तयारी सयको गतिमा भैरहेको छ । मञ्चको सजवाटका लागि पनि भोलि विहानको पुरा समय खर्च गर्नुपर्ने अनुमान बुधबारको तयारी स्थलमा पुगेर गर्ने अवोलकनकर्ताहरुको रहेको छ । अरु महोत्सवको आकर्षणको रुपमा रहको पिङ्गको तयारी पुरा हुन पनि समय लाग्ने अवस्था छ ।
महोत्सव प्रवेश पासको दृष्टिले, स्टलको व्यवस्थापनका दृष्टिले, स्टलमा ओतको दृष्टिले अरु महोत्सव भन्दा यो महोत्सव फरक र नमूना रहेको पाईन्छ ।
महोत्सव प्रवेशमा अघिल्ला महोत्सव भन्दा फरक यो महोत्सवमा विहान ११ बजे अगाडि प्रवेश गर्दा शुल्क नाग्ने व्यवस्था मिलाइएको । तर सार्वजनिक विदाको दिनमा भने शुल्क लाग्नेछ ।
स्टल व्यवस्थापन पनि अहिले फरक खालको छ । बाटिकाको तल्लो भागमा स्टलहरु राखिएको छ । माथिल्लो भागमा अर्थात कवर्ड हलको आडमा मञ्चको व्यवस्थापन गरिएको छ । जिल्ला प्रशासन जाने सडक नै बन्द गर्ने गरी अघिल्ला बर्षहरुमा महोत्सव गरिएको हुन्थ्यो भने यस बर्ष जिल्ला प्रशासन जाने सडकमा कुनै अवरोध नहुने व्यवस्था मिलाइएको छ ।
अघिल्लो बर्षहरुमा भन्दा यस बर्षको स्टलको छाना फरक खालको वाटर प्रुफ राखिएको छ । यसले झरि बर्षाले पनि स्टलमा समस्या नदिने विश्वास आयोजकले लिएको छ ।