दमौली/व्यास नगरपालिका भित्रका दुईजना अपाङगता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गरिएको छ । व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले बुधबार एक जनालाई ह्वीचियर प्रदान गर्नुभएको हो । ह्वीचियर पाउनेमा व्यास १ भादगाँउका ५२ वर्षीय कृष्णबहादुर रानाभाट र सोही वडाकी ७० वर्षिया मिठु बिक रहेका छन् ।
नगरपालिकाको महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखाले अपाङ्गगता भएका कृष्णबहादुर रानाभाटलाई ह्विलचियर व्यवस्थापन गरेको थियो । अपाङ्गता भएका व्यक्तिको परिवारले ह्विलचियर आवश्यक परेको भन्दै निवेदन आएपछि महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखाले ह्वीचियरको प्रदान गर्ने व्यवस्था मिलाएको थियो । मिठुमायाँ वि.क.लाइ व्यास नगरपालिकाले र कृष्णबहादुर रानाभाटलाई रिसेड तनहुँको सहकार्यमा ह्वीचियरको व्यवस्थापन गरिएको थियो । शारीरिक रूपमा अपाङ्गता भएकाले हिडँडुल गर्न असहज भएकाले ह्विलचियर प्रदान गरिएको उपप्रमुख दरैले बताउनु भयो ।
दुई जनालाई ह्विलचियर
previous post