नागरिक पिडामा उदासिन छैन कांग्रेस आम जनजिविकाका सवालमा उदासिन रहँदै आएको आरोप खेपिरहेको प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संघीय संसदका सदस्यले दशैं भत्ता बापत पाउने रकम फिर्ता गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस संघीय संसद, संसदीयदलको कार्यालयले सोमबार विज्ञप्ती प्रकाशित गरी उक्त निर्णय बारे संसद सचिवालयलाई जानकारी गराउनुका साथै भत्ता बापतको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने व्यवस्था मिलाउन समेत आग्रह गरेको हो ।
विज्ञप्तीमा कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आम नेपाली जनताले अभाव, पिडा र कठिनाई भोगी रहेका उल्लेख गर्दे यस्तो अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको कांग्रेसको ठहर रहेको उल्लेख गरिएको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको विज्ञप्तीमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराइएको दशैं भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गरेको र उक्त रकमकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने व्यवस्था मिलाउन संघीय संसद सचिवालयका महासचिवलाई आग्रह गरिएको छ ।
पछिल्लो समय बढ्दै गएको भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती लागाएतका विषयमा खासै बोल्न र शसक्त कदम उठाउन नसकेको भनेर आम नागरिकबाट कांग्रेसलाई आरोप लाग्ने गरको छ । अझ कोरोना नियन्त्रण तथा रोकथामका विषय जनप्रतिनिधी बसेर छलफल गरी प्रभाकारी कदम चाल्नु पर्ने बेला अोली सरकारले हठात संसद बन्द गर्ने र हामी के गर्न सक्छौं र भने जसरी कांग्रेस चुप लागेर बस्ने गरेबाट जन सरोकारका विषयमा प्रतिपक्षी कांग्रेस पूर्णतः उदासिन रहेको आरोप लाग्दै आएको थियो ।
सरकार एकातर्फ कोरोना संक्रमितले सम्पूर्ण उपचार आफै गर्नुपर्ने निर्णय गर्दै थियो भने अर्को तर्फ संघीय संसदका सदस्यहरुलाई दशैं भत्ता बापत भन्दै करोडौं रुपैयाँ बाँढ्दै थियो । सामान्य राजनैतिक नैतिकता समेतको ख्याल नगरेर गरिएको भत्ता वितरणको यो काम भन्दा आम जनसरोकारको विषयमा थप उदासिनता के नै हुन सक्थ्यो र ? यसैलाई मनन गर्दै कांग्रेसले भत्ता फिर्ताको निर्णय गरको छ । यसैलाई अनुशरण गर्दे सत्ताधारी नेकपाले पनि भत्ता फिर्ताको निर्णय गरेको छ । यसले आम नागरिकमा एउटा सकारात्मक सन्देश जाने अपेक्षा गर्न सकिन्छ ।
दशैँ भत्ता फिर्ताको सन्देश
previous post