
बरिष्ठ अधिवक्ता
नेपाली काँग्रेसका नेता अमरराज कैनीको प्रशिक्षणबाट २०३४ सालदेखि निर्मल माविको नेपाली विद्यार्थी संघको सदस्यबाट राजनीतिक यात्रा शुरु गरेका यदुनाथ खनाल २०३६ सालको विद्यार्थी आन्दोलनबाटै नेतृत्वकौशल देखाएको काँग्रेस कार्यकता । अध्ययन पछि कानुन व्यवसाय र प्राध्यापन संगसंगै अगाडि बढाएका काँग्रेस निकट प्राज्ञ । २०५७–२०६० को कार्यकालका लागि नेपाल बार एशोसिएनको केन्द्रिय सदस्य पदमा अत्यधिक मतले विजयी बरिष्ठ अधिवक्ता । नेपाली काँग्रेसको भातृसंस्था नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनलाई जिवन्त तुल्याउन सफल २०६७–०७० कार्यकालको नेतृत्व । जन्मघर तनहुँ जिल्लाको गुणादी मानुङ भएको स्थानीय कार्यकर्ता । शुभेच्छुक संस्थाको तर्फबाट महासमिति सदस्य समेत भैसको काँग्रेस नेता । अब १४औं महाधिवेशनमा स्थानीय वडातहकै निर्वाचन प्रक्रियाबाट अगाडि बढ्न चाहेका काँग्रेस नेतासंग तनहुँ आवाजले गरेको संक्षिप्त कुराकानी ।
सवाल नं. १–
तपाई बरिष्ठ अधिवक्ता आफ्नो कानुन व्यवसायप्रति सन्तुष्ट हुनुहुन्छ ?
जवाफः मैले कानुन व्यवसायी गरेर आफ्नो र परिवारको व्यवस्थापन गर्न सकेको छु । सामाजिक रुपमा नेपाली काँग्रेसलाई आफ्नो बुद्धि र क्षमता खर्चेर सहयोग गर्न सकेको छु । संविधान सभाको बन्द सूचिका उम्मेदवारमा पार्न यही व्यवसायले सहयोग ग¥यो । नेपाल महिला संघ, नेपाल तरुण दल लगायतका नेपाली काँग्रेसको भातृसंस्थाको विधान मस्यौदा गरेर सहयोग पु¥याउन अवसर यही व्यवसायले दिलायो । नेपाली काँग्रेसका नेता कार्यकर्ता उपर परेका राजनीतिक प्रकृतिका मुद्धाहरुमा दिलो ज्यानले सहयोग गर्ने सामथ्र्य यही व्यवसायले दिलायो । नेपालमा मुलुकी देवानी संहिता २०७४ को मस्यौदाका क्रममा विज्ञ समूहमा रहेर काम गर्ने अवसर यही व्यवसायले दिलायो । देवानी तथा फौज्दारी संहिताको कार्यान्वयनमा देखिएको जटिलतालाई सहजीकरण गर्न नेपालको पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्म पुगेर कानुन र न्यायका क्षेत्रमा लागीपरेका माननीय न्यायाधीशहरु, कानुन व्यवसायीहरु माझ श्रोत व्यक्तिको रुपमा सयौं प्रशिक्षण दिने सामथ्र्य दिलाएको कानुन व्यवसायले मलाई प्रतिष्ठित कानुनविद्, कुसल कानुनको प्राध्यापक र दक्ष प्रशिक्षकको पहिचान दिलाएको छ । म सन्तुष्ट नै छु ।
सवाल नं. २–
नेपाली काँग्रेस निकट कानुन व्यवसायीको रुपमा पहिचान बनाउनु भएको छ । सुभेच्छुक संस्थाको कोटाबाट १३औं अधिवेशनमा पनि महासमिति सदस्य भैसकेको व्यक्ति तपाईले यस पटक पनि सोही भूमिकाबाट सहभागी हुन खोज्नु भएको हो ?
जवाफः मेरो चाहना त राजनीतिक कार्यकर्ताका रुपमा वडा तहबाटै साथीहरुको माझबाट अगाडि बढ्ने थियो । मैले सामाजिक विकासका कामहरुमा स्थानीय तहमा सहयोग पनि गरेको छु । यस्तो अवसर पाउँदा सुखद अनुभूति पनि हुन्छ । तर काठमाण्डौमा रहेर व्यवसाय गर्ने क्रममा ०५८ सालमा काठमाडौँको र ०६७ सालमा नुवाकोट जिल्ला समेतको निर्वाचन अधिकृत भइ काम गरेको र ०७० सालमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक समेत भइ पार्टीको निर्वाचन गराउन खटिनु पर्दा यस अघिको महाधिवेशनमा जिल्लामा सहभागी हुन सकिन, यस पटक निर्वाचन समितिको जिम्मेवारीमा नरहेको हुँदा महाधिवेशन प्रतिनिधिको रुपमा चयन भइ आफ्नो शशक्त भूमिका निर्वाह गर्न चाहेको छु ।
सवाल नं–३
पेशागत क्षेत्रबाट अवसर पाउँदा पाउँदै नेपाली काँग्रेसका कार्यकर्ताहरु आउने सांगठनिक निर्वाचन प्रक्रियामा तपाई पनि उम्मेदवार बन्नुको कारण ?
जवाफः यस सञ्चार माध्यम मार्फत मैले भनि सकेको छु कि म विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको कार्यकर्ताको पहिचान बनाएको व्यक्ति हूँ । पेशा व्यवसायबाट हासिल गरेको विज्ञताले कार्यकर्ताको पहिचान ओझेलमा परेको हो । हामी विभिन्न पेशा व्यवसायमा लाग्ने व्यक्ति डाक्टर, वकिल, इन्जिनियर, शिक्षक, प्राध्यापक, पत्रकारहरुले सधै नेपाली कांग्रेसलाई कार्यकर्ताकै हैसियतमा सहयोग गर्दै आएका छौं । यही भूमिकाले जनमतलाई उच्चसम्मान गर्दै अब पार्टीकै मूल धारमा समाहित भएर पार्टी संगठनमा सक्रिय रहने अभिप्रायले मैले निर्वाचित महाधिवेशन प्रतिनिधि बन्ने हुने इच्छा जागेको हो ।
सवाल नं– ४
नेपाली काँग्रेसको संगठनमा क्रियाशिल भइ रहेका व्यक्तिहरु हुँदाहुँदै ती कार्यकर्ताले के आधारमा आफूलाई पछाडि राखेर आफ्नो व्यवसाय राम्रोसंग चलाएर बसेको मान्छे तपाईलाई मतदान गर्ने ?
जवाफः जीवन धान्नका लागि व्यवसाय त आखिर सबैले गर्नै पर्दछ । व्यवसाय नै नगरेको मान्छेले त समाज सेवा गर्न पनि कठिन हुन्छ । राजनीति धन कमाउने जीवन चलाउने क्षेत्र होइन भन्ने मेरो विश्वास रहेको छ । विषयविज्ञताका आधारमा दरिलो र खँदिलो बनाइ सबल बनाउनका लागि नीतिगत व्यवस्थापन गर्न सक्ने जनशक्ति नेपाली काँग्रेसलाई पनि आवश्यक पर्दछ । लिङ्ग र जातिका आधारमा मात्र समावेशी हैन, अब सबै पेशा व्यवसायका मानिसहरुलाई पनि पार्टीको मुलधारमा समाहीत गर्दै लैजानु पर्छ, तबन नेपाली काँग्रेस सबै क्षेत्र, समुदाय, बर्गको पार्टी बनाउन सकिन्छ । नेपाली काँग्रेसलाई सहयोग गर्ने शुभेच्छुक सबैलाई नेपाली काँग्रेसको मूल प्रवाहमा समाहित हुने आकर्षण बढाउँछ ।
सवाल नं– ५
काँग्रेसको १४औं महाधिवेशनमा उम्मेदवार हुँदै गर्दा काँग्रेस कार्यकर्ता माझ तपाईका प्रतिबद्धताहरु सार्वजनिक गर्न मिल्छ ?
जवाफः मैले नेपाली काँग्रेसका कार्यकर्ता माझ मेरा प्रतिबद्धता जाहेर गर्नु पर्ने विषय हो जस्तो लाग्दैन । आमकार्यकर्ता र नेतृत्वमा मेरा प्रतिबद्धताहरु सार्वजनिक भएकै विषय हो । विकास र परिवर्तन मानवीय चाहना हो । हरेक परिवर्तनका लागि पहिलो त नीति निर्माण अनिवार्य छ । विकासको सवालमा गुणादी, मानुङ्ग, जामुुने, म्याग्दे क्षेत्रमा मात्रै होइन, तनहुँ जिल्लाकै लागि पिउने पानी, सडक, बत्ती मानिसका आधारभूत आवश्यकता हुन् । त्यस क्षेत्रमा मेरो योगदान रहेकै छ, रहिरहनेछ । साथसाथै पहूँचको पनि महत्वपूर्ण भूमिका हुन्छ । ३८ बर्ष लामो समय काठमाण्डौमा रहेर पेशा व्यवसाय गरेको, राजनीतिक दलका शिर्ष नेताहरुको निकटमा रहेर काम गरेको कारणबाट पनि नेतृत्व लिएर विकास निर्माण लगायत जनसरोकारका सवालमा काम गर्ने सामथ्र्य आमकार्यकर्ताले देखे, जाने बुझेको यथार्थ हो ।
सवाल नं. ६
तपाईका प्रतिबद्धताहरु काठमाण्डौमा रहेर बसेर व्यवसाय चलाएर काँग्रेस कार्यकर्ताको चाहना अनुसार पुरा गर्न सम्भव होला ?
जवाफः मेरो घर मानुङ्ग, गुणादी । म जन्मेको मानुङ्गमा । हर मान्छेलाई आफ्नो जन्मस्थान प्यारो हुन्छ । म पनि मानवीय स्वभाव भएको मान्छे हूँ । मन र चासोले हरेक असम्भवलाई सम्भव तुल्याउँछ भने काठमाण्डौ त टाढा होइन नि । आज विश्वको हरकुनाबाट जन्मस्थान नेपालको विकास लागि नेपालीहरुले सहयोग पु¥याउन सम्भव भएको हामी सबै देखेजानेको कुरा हो नि । त्यसैले नेपाली काँग्रेसका कार्यकर्ताको आवश्यकता र चाहाना अनुसार काम गर्न पहूँच र सामथ्र्य दुवैले सम्भव छ ।
सवालः ७
तपाईले पहूँच र सामथ्र्यको सवाल दोहो¥याएर भन्नु भयो । त्यो पहूँच र सामथ्र्यले नेपाली काँग्रेसको अहिले चर्चामा रहेको कुनै नेताले नेतृत्व गरेको समूह वा गुट तर्फ संकेत गर्न खोज्नु भएको हो ?
जवाफः नेपाली काँग्रेसको मात्रै होइन, हरेक दल र त्यो दलका नेताहरुसंग राज्यको सुविधा बाँडफाँडका सवालमा आफ्नो क्षेत्रको विकासका लागि योजना माग गर्न र स्वीकृत गराउन मेरो पहूँच र सामथ्र्य पुग्दछ भन्न खोजेको हूँ ।
सवालः ८
अल्लि खुलेर आमकार्यकर्तालाई सूसुचित गरौं न । आखिर एउटा समूह वा गुटको आर्सिवाद नपाई पार्टीको नेतृत्वमा पनि पुग्न सकिदैन भन्ने जगजाहेरै छ । तपाई आफूलाई कुन समूह वा गुटबाट प्रस्तुत गर्दै हुनुहुन्छ ?
जवाफः मेरो समूह र गुट भनेकै नेपाली काँग्रेस हो । नेपाली काँग्रेसका लागि आवश्यक विज्ञ समूहको पहिचान मेरो बनि सकेको हुँदा तपाईले संकेत गरेको सबै समूह र गुटको आर्सिवाद मलाई प्राप्त हुन्छ ।
सवालः ९
तपाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर आएपछि भोट मात्रै दिने भूमिकामा सीमित रहनु हुन्छ कि नेतृत्वमा दावी पनि गर्नुहुन्छ ?
जवाफः अहिल्यै मैले कुनै मानसिकता बनाएको छैन । संगठनको आवश्यकता र महाधिवेशन प्रतिनिधि साथिहरुको भावना अनुसार मैले निर्णय
लिन्छु ।
सवाल १०
अहिलेको मुलुकको परिवेश अनुसार नेपाली काँग्रेसलाई नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व कस्को रहन सक्ला ?
जवाफः बहूमत महाधिवेशन प्रतिनिधिहरुको निर्णय क्षेत्राधिकारलाई मैले अहिल्यै हस्तक्षेप गर्दा नेपाली काँग्रेसको संगठनलाई फाईदा पुग्दैन ।
सवाल ११
तपाई महाधिवेशन प्रतिनिधि भएर आएपछि तपाईले मतदान गर्ने सभापतिको उम्मेदवार को हो ?
जवाफः नेपाली काँग्रेसको सभापतिको उम्मेदवार को हो ? निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि मात्रै आधिकारीक हुन्छ नि होइन र ?
सवाल १२
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा कुनै समूह वा गुटमा नखुलिकनै सहभागि हुन तपाईलाई सम्भव होला ?
जवाफः आखिर लोकतन्त्र र गोप्य मतदानको मर्म त्यही हो नि । सबै महाधिवेशन प्रतिनिधिहरुले लोकतन्त्र र गोप्य मतदानको मर्म अनुसार आफ्नो भूमिका निर्वाह गर्न सके मात्र नेपाली काँग्रेसलाई हाँक्न सक्ने सक्षम नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरु स्वतन्त्र हुन्छन् जस्तो लाग्दछ ।
सवाल नं. १३
अन्त्यमा, नेपाली काँग्रेसका कार्यकर्तालाई तपाईको केही भन्नु बाँकी छ ?
जवाफः पहिला त तनहुँ आवाजलाई धन्यवाद । मेरो विचार काँग्रेसका कार्यकर्ता माझ पु¥याउने अवसर प्रदान गर्नुभयो । साथै नेपालकै पुरानो र परिपक्व पार्टी काँग्रेसका दुःख, कष्ट, अपमान सहेर खारिएका नेताको सामिप्यतामा रहेर संगठित हुनुभएका सम्पूर्ण कार्यकर्ताहरु आफै जानकार हुनुहुन्छ । मेरो आग्रह मात्रै यति छ कि मलाई संगठनमा मद्दत गर्न अख्तियारी दिनुहोस् । म नेपाली काँग्रेस र नेपाली काँग्रेसका कार्यकर्ताको भावनाको कदर गर्दै संगठनलाई बलियो बनाउन समर्पित रहनेछु ।
2 comments
सफलताको शुभकामना छ ।
राम्राे विचार दाइकाे । कांगेस भित्रकाे गुट उपगुट समाप्त पारन पनि क्षमतावान युवा नेताकाे अावश्यकता छ जस्ताे लाग्छ । दाइलाइ अगि्म शुभकामना ।