दमौली/तनहुँको दमौली अस्पतालमा ऐनेस्थेसिया वर्किङ स्टेशनको स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दमौली अस्पताललाई एनेस्थेसिया वर्किग स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन र मोनिटर सहयोग गरेको हो ।
यो सँगै दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको हो । दमौली अस्पताल हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन सकेको थिएन भने अब त्यसखालका अपरेशन हुने भएको हो ।
उपकरण प्राप्त भएसँगै अब बेहोस बनाउनुपर्ने साधारण अपरेशन थाल्न सकिने साथै पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा थाल्ने तयारी थालिएको अस्पताल प्रमुख डा.परिवर्तन बरालले बताए ।
अस्पतालमा उपकरणहरु आइसकेका र एनेस्थेसिया स्पेशलिस्ट पनि भएकाले अब सक्दो छिटो बिरामीको पहिचान गरी सेवा शुरु गर्ने तयारीमा रहेको अस्पतालका सुचना अधिकारी डा.कमल भण्डारीले जानकारी
दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको दमौली अस्पताल भ्रमणका क्रममा जिल्ला समन्व्य समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख परिवर्तन बरालले उपकरण सहयोगको माग गरेका थिए ।
दमौली अस्पतालमा एनेस्थेसिया वर्किग स्टेशन
previous post