नेपाल सरकारले २०७६ चैत्र ११ गते मंगलबार लकडाउनको आव्हान गरेपछि दमौली बजारको व्यस्त सफासडकको बुधबार अपरान्ह २ बजेको अवस्था । लकडाउन पछि सो को पालना गराउन सुरक्षाकर्मिको सवारी साधन गस्तीमा हिड्ने बाहेक कुनै सवारी साधन चलेको देखिदैन । फाट्टफुट्ट कसैले साना सवारी साधन चलाएर लकडाउनलाई भङ्ग गर्ने प्रयास गरेमा सवारी साधनको साँचो राखिदिएर हिड्न हुँदैन भन्ने सन्देश सुरक्षा प्रशासनले दिई रहेको छ । अत्यावश्यक सवारी साधन चलाउनका लागि जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति प्रदान गर्ने गरेको छ । अत्यावश्यक उपभोग्य सामाग्री खरिद गर्नका लागि विहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खाद्य पसल खोल्ने व्यवस्था प्रशासनले मिलाएको छ । –फोटो तनहुँ आवाज