वडा स्तरमा विस्तार गर्ने अभियान
दमौली/राज्यको संरचना अनुसार विपि विचार समाज जिल्ला कार्यसमिति तनहुँले आफ्नो संगठनलाई तनहुँव्यापी बनाउने अभियान चलाएको छ ।
वि.पि. विचार समाज तनहुँका महासचिव हरिशरण पण्डितले दिनुभएको जानकारी अनुसार तनहुँका दुवै क्षेत्रमा वि.पि. विचार समाजको नयाँ समिति गठन भएको छ । त्यसैगरी तनहुँ जिल्ला भित्रका स्थानीय तहका अधिकांश समितिहरु पनि निर्माण भैसकेको समाजले जनाएको छ ।
वि.पि. विचार समाज क्षेत्र नं. १ मा रामदेव पन्थको नेतृत्वमा र क्षेत्र नं. २ को इन्द्र पौडेलको नेतृत्वमा क्षेत्रीय समिति चयन भएको समाचारमा जनाईको छ । भानु नगरपालिका कार्य समिति पनि गठन भएको छ । चिनु पोखरेलको नेतृत्वमा पन्ध्र सदस्यीय समिति नगर समिति संयोजक पोख्रेलले मनोनय नगर्नुभएको समाचारमा जनाइएको छ । कार्तिक १० भानु–१ साजबोटेमा आयोजित भेलामा सो मनोनयनको सार्वजनिक घोषणा गरिएको थियो ।
शनिबार समाजका सल्लाहकार हरिभक्त ढकालको संयोजकत्वमा भएको भेलाले चिनु पोख्रेललाई सभापति, उपेन्द्र बिष्टलाई उप सभापति तथा ठाकुर अधिकारीलाई सचिव तोकेको छ । कोषाध्यक्षमा लालमति गुरुङ चयन भएको समितिका सदस्यहरुमा सम्भु भुजेल, सूर्यकुमार श्रेष्ठ, निर घले, हरिभक्त अधिकारी, शंकर नैया, सूर्यनाथ पण्डित, शिव बस्ताकोटी, कृष्णप्रसाद ढुंगाना, कृष्णसिं ठकुरी, मौलादिन शेख र मोहन केसी चयन भएका छन् ।
भेलाबाट सल्लाहकार समिति संयोजक चयन गरिएको छ । सल्लाहकारहरुमा भिमबहादुर अधिकारी, हिमनिधि पाण्डे, डम्बर बिष्ट, लोकबहादुर गुरुङ, प्रेमराज उप्रेती र पूर्ण अधिकारी चयन भएका छन् । भेलाले हरेक वडामा वडा संयोजक पनि चयन गरेको छ । भेलाबाट वडा नम्बर १ संयोजकमा श्याम जिसि, वडा नम्बर ३ संयोजकमा विष्णुकुमार श्रेष्ठ, वडा नम्बर ४ संयोजकमा निलचन्द पाण्डे, भानु ५ संयोजकमा हेमलाल श्रेष्ठ, भानु ६ संयोजकमा सूर्यबहादुर खड्की, भानु ७ संयोजकमा सूर्यनाथ पण्डित, भानु ८ संयोजकमा शिव बस्ताकोटी, भानु १० संयोजकमा उपेन्द गुरुङ, भानु ११ संयोजकमा नवराज श्रेष्ठ, भानु १२ संयोजकमा कृष्णसिं ठकुरी तथा भानु १३ संयोजकमा सीताराम बानियाँ चयन भएका छन् । त्यसैगरी व्यास नगर समितिपनि गठन भएको छ ।