विशेषसम्वाददाता
आजसहित चारदिनमा तनहुँ क्षेत्र नं. १ का मतदाताले पुनः प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्दैछन् । यस क्षेत्रबाट निर्वाचित भएर गएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त हुन पुगेको यो क्षेत्रमा सातदलीय गठबन्धनको तर्फबाट गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । त्यसैगरी नेपाल कम्यूनिष्ट पार्टीबाट सर्वेन्द्रनाथ खनाल उम्मेदवार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् ।
उपनिर्वाचनमा अरु पनि उम्मेदवार बनेका छन् । तर त्रिकोणात्मक प्रतिष्प्रधामा गणना भएका यिनै तीन उम्मेदवार हुन् । यस अघि रामचन्द्र पौडेल पनि गठबन्धनका उम्मेदवार थिए । उनले सहजै विजय हासिल गरेका थिए । निकटतम प्रष्तिप्रधी एमालेका उम्मेदवार थिए । यस अघि नेपाली काँग्रेसका झण्डै सात हजार मतदाताले कैचीमा मतदान गरेर गोविन्दराज जोशीलाई समर्थन गर्दा त रामचन्द्र पौडेलले जीत निकालेका थिए भने यस पटक गोविन्द भट्टराई राजनीतिक नेतामा हुन पर्ने गुण विकासवादी, असल चरित्र, अवसरवादलाइ भन्दा सैदान्तिक निष्ठालाई प्राथमिकता दिने उम्मेदवार भएको र सातदलीय गठबन्धनका उम्मेदवार भएका कारण पनि कडाप्रतिष्पर्धाका बावजुद विजयीको माला गोविन्दकै गलामा पहिरिने आँकलन गरिएको छ ।
सातदलीय गठबन्धनका तर्फबाट एकचित्त भै गोविन्दको पक्षमा वातावरण निर्माण गर्न कुनै कसर बाँकी राखिएको छैन । बुधबार डुंम्रे बजारमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भएर गएको व्यक्तिलाई आफूहरुले राष्ट्रपति बनाएको, अब गोविन्द भट्टराई जिताएर पठाएमा मन्त्री बनाउने प्रतिपबद्धता नै जाहेर गरेपछि तनहुँ क्षेत्र नं. १ का जनता सातदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउन व्यग्र प्रतिक्षारत छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि तनहुँ क्षेत्र नं. १ का मतदाताले मतदान गरेको उम्मेदवारलाई राष्ट्रपति बनाई सकेको, अब पनि जिताएर पठाएमा मन्त्री बनाउने बताएर गोविन्दको पक्षमा बलियो जनमत निर्माण गरिदिएका छन् ।
बुधबारको सभालाई सम्बोधन गर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधव कुमार नेपाल समेतले गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आव्हान गरेपछि तनहुँको क्षेत्र नं. १ का मतदाता थप उत्साहित बनेका छन् ।
दोस्रो पुस्ताका नेताहरुले मंगलबार दमौलीको सभामा पनि त्यसरी नै सातदालीय गठबन्धनको पक्षमा मत मागेर सेरोफेरो अन्तरकुन्तर तनहुं क्षेत्र नं. १ का मतदातालाई गोविन्द भट्टराई नै जिताउन पर्ने भावना जागृत गराइ दिएका छन् ।
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माले खुलेर गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आव्हान गरेपछि तनहुँको युवाजनमत पनि एकहोरिएको छ । त्यसै गरी माओवादी केन्द्रका देब गुरुङ र नेकपा एसका कृष्णकुमार श्रेष्ठ समेतका वक्ताहरुले समेत गोविन्द भट्टराईको पक्षमा मत मागेपछि तनहुँ क्षेत्र नं. १ को जनमत गोविन्दको पक्षमा एकहोरिएको देखिन्छ ।
तनहुको उपनिर्वाचनमा त्रिकोणात्मक प्रतिष्पर्धा
सातदलीय गठबन्धनको उम्मेदवार अग्रस्थानमा
previous post